काठमाडौं, ११ भाद्र । नेपाली कांग्रेसले पार्टीको निर्वाचन समितिलाई ३८ जिल्लाको क्रियाशील सदस्यहरुको नामावली उपलब्ध गराएको छ ।
कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सो नामावली निर्वाचन समितिका संयोजक महादेव यादवलाई उपलब्ध गराउनुभएको हो ।
नेपाली कांग्रेसले दिएको जानकारी अनुसार प्रदेश १ का १० जिल्ला, वागमतीका चार, गण्डकीका १०, लुम्बिनीका पाँच, कर्णालीका चार र सूदुरपश्चिमका पाँच जिल्लासहित ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली बुझाएको हो।
क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै केही जिल्ला सभापतिहरु रिले अनसनमा बसेपछि ३८ जिल्लाको नामावली समितिलाई बुझाईएको छ।
यसैबीच नेपाली कांग्रेसका केही नेताहरु पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफलमा जुट्नुभएको छ ।
विहान साढे ८ बजेदेखि जारी जारी छलफलमा क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिले सुरु गरेको रिले अनसनको बारेमा छलफल भइरहेको बताइएको छ।
बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, दिलेन्द्र बडु र रामशरण महत्तलगायत नेताहरु सहभागी हुनुहुन्छ।


















