
धनगढी(कैलाली), १३फागुन ।प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल(एपीएफ)को विभागीय टोलीले जितेको छ।
आज धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा पूर्वाञ्चलमाथि ७ विकेटको जित निकाल्दै एपीएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको विजेता भएको हो।
विभागीय टोली एपीएफ र पूर्वाञ्चलको प्रतिस्पर्धामा विजयी भएको एपीएफले ५ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। उप(विजेता बनेको पुर्वाञ्चलले भने २ लाख नगद सहित ट्रफी र मेडलमा चित्त बुझाएको छ।
टस हारेर व्याटिङको निम्तो पाएको पूर्वाञ्चलले २० ओभरमा ५ विकेट गुमाउदै ६० रन मात्रै बनायोे।
पूर्वाञ्चलका लागी काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउन बाहेक अन्यले दोहोरो अंक पनि छुन सकेनन्।
एपीएफका लागी रेखा रावल, करुणा भण्डारी, रितु कनौजीया, अञ्जली चन्द र सिता रानामगरले समान १/१ विकेट लिईन्।
६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपीएफले १६ दशमलव ३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो। एपीएफका लागी ज्योती पाण्डेयले २२ र सरिता मगरले अविजीत रहदै १५ रन बनाईन्। पूर्वाञ्चलकी शान्ती चौधरी र संगिता राईले समान १/१ विकेट लिए। प्लेयर अफ द फाईनल एपीएफकी ज्योती पाण्डे भईन्।
रुबिना क्षेत्री उत्कृस्ट खेलाडी
यस्तै प्रतियोगीताको वुमन अफ द सिरिज हुदै पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले १० हजार नगद सहित ट्रफी प्राप्त गरेकी छिन्। उत्कृष्ट बलर पनि क्षेत्री नै भएकी छिन् भने उत्कृष्ट व्याट्सम्यान पनि प्रतियोगीता भरी १ सय ६ रन बनाउदै पुर्वाञ्चलकै काजोल श्रेष्ठ भईन्।
उदयमान खेलाडी सुदुरपश्चिमकी लक्ष्मी साउद भईन् भने फेयर प्लेटको पुरुष्कार पनि सुदुरपश्चिमको टिमले जितेको छ। उनीहरु सवैलाई नगद ५ हजार दिईएको छ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रदेश नम्वर ७ का सामाजीक विकास मन्त्री दिर्घ सोडारी कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहले सिल्ड तथा प्रमाण पत्र वितरण गरे।