Prakash Adhikari October 3, 2021

 

डँडेल्धुरा, १७ असोज । नेपाली कांग्रेसका सभापति रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशनको विवादमा तेल हाल्न उहाँका प्रतिस्पर्धीहरुले न्वारानदेखिको बल लगाएका छन् ।

क्रियाशील सदस्यताको विवादलाई मलजल गर्न १३ औं अधिवेशनमा सभापति पदमा देउवासंग पराजित हुनुभएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि अग्रसर देखिनुभएको छ ।

वडा अधिवेशन फेरि गर्नुपर्ने मागसहित पार्टीको जिल्ला कार्यालयमा रिले अनसनमा बसेका कार्यकर्तालाई समर्थन गर्न आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू डडेल्धुरा जाँदैहुनुहुन्छ।

पौडेलले पनि विज्ञप्ति निकालेर डडेल्धुरा कांग्रेसले गरेको आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको छ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य शेखर कोइराला, गुरूराज घिमिरेलगायत नेता धनगढी पुगिसक्नुभएको छ।

 

उक्त टोलीमा नेविसंघ पूर्वअध्यक्ष केशव सिंह, कांग्रेस नेता गोविन्दराज पोखरेललगायत पनि हुनुहुन्छ।

आज दिउँसो १ बजे डडेल्धुरा बसपार्कमा आयोजित भेलालाई नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। करिब तीन सय क्रियाशील सदस्यता हटाएर नयाँ राखेपछि डडेल्धुरा कांग्रेसमा विवाद छ।

Share Now

Leave a comment.