Prakash Adhikari November 19, 2021

काठमाडौं, ३ मंसिर । नेपाल डेमोक्रेट युनियनले यही कार्तिक ६ गते नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी भैरहवा विमानस्थल जाँदा चिनियाँ झण्डा फहराइएको घटनाको विरोध गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एशियाली विकास बैंकको सहयोगमा दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तरगत ऋण र अनुदान सहयोग तथा नेपाल सरकारको आफ्नै स्रोतमा बनेको आयोजना हो । यसको अनुमानित ८५.६ मिलियन डलर लागत मध्ये ४६.५ मिलियन डलर सहयोग एशियाली विकास बैंकले दिएको छ । यो आयोजनाको निर्माणको काम चिनिया ठेकेदारले पाएको छ ।

सामान्यत आर्थिक तथा प्राविधिक सहयोग दिने राष्ट्रका झण्डाहरु शिलान्यास शिलालेख,उद्घाटनको शिलालेखमा राखिने चलन भए पनि पारिश्रमिक लिएर काम गर्ने कम्पनी र उसको देशको झण्डा राख्ने चलन रहेको छैन् ।

युनियनका अध्यक्ष सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको परिप्रेक्षमा अन्तराष्ट्रिय विमानस्थलमा चिनिया झण्डा फहराउनु खेदजनक कार्य भएको जनाउनुभएको छ ।

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थाल चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ ।

कार्तिक ६ गते विमानस्थलमा बुद्धको मूर्ति अनावरणका क्रममा नेपालसहित चीन र स्पेनको झन्डा राखिएको थियो ।स्पेनको एक सस्थाले बुद्धको मूर्ति नेपाललाई उपहारस्वरुप प्रदान गरेको थियो ।

Share Now

Leave a comment.