Prakash Adhikari December 22, 2021

काठमाडौँ, ६ पौष। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज(बुधबार) न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ ।

आज अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्ने बताइएकोछ ।

“न्याय सेवा आयोगको भोलि ३ बजे बैठक बोलाइएको छ”, न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले भन्नुभयो, “जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको हो ।”

प्रधानन्यायाधीशको अध्यक्षता रहने आयोगमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष सदस्य रहने कानूनी व्यवस्था रहेको छ ।

 

Share Now

Leave a comment.