Prakash Adhikari February 6, 2022

रोबर्ट लेसी / बेलायती इतिहासकार
लण्डन(संयुक्त अधिराज्य), २३ माघ(बीबीसी) । आफ्नो जीवनको पहिलो दशक शाही भाग्यको झीनो अपेक्षामा हुर्केकी ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको बाल्यकाल घोडा र कुकुरहरूसँग खेलेर बेपर्बाह बित्यो।

उहाँ महारानी भएको आइतवार ७० वर्ष पूरा भएको छ। उहाँ २५ वर्षको उमेरमा सन् १९५२ फेब्रुअरी ६ मा ब्रिटिश महारानी बन्नुभएको थियो।

राजकुमारी रहँदा एलिजाबेथ ब्रिटिश राजपरिवारमा अहिले दोस्रो मर्यादामा रहने ड्यूक अफ योर्क एन्ड्रूकी छोरी बिएट्रेसको जस्तै रोल क्रममा हुनुहुन्थ्यो। यसको अर्थ उहाँ महारानी बन्ने सम्भावना धेरै कम थियो।

तर सन् १९३६ को डिसेम्बरमा ब्रिटिश राजपरिवारमा एउटा नाटकीय परिवर्तन भयो।

एलिजाबेथले काका डेभिड बोलाउने राजा एडवार्ड तेस्रोले अमेरिकी महिलासँग विवाहका लागि सिंहासन त्याग गर्नुभयो ।

यो निर्णयले १० वर्षकी एलिजाबेथलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खोलिदियो।

उहाँका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिल्यो।

जेठी छोरी एलिजाबेथ उत्तराधिकारीको पहिलो दाबेदार बन्नुभयो।

राजकुमारी हुँदा महारानी बन्ने कल्पना

गृहनगरबाहिर मानिसहरूको अचानक होहल्लाबारे बुझाउँदै एलिजाबेथले त्यो डिसेम्बरमा आफ्नी छ वर्षकी बहिनी मार्गरेट रोजलाई भन्नुभएको थियो, “बुबा राजा हुँदै हुनुहुन्छ।”

एलिजाबेथ

मार्गरेटको प्रश्न थियोः “त्यसो भए तिमी महारानी बन्छौ ?”

जवाफमा एलिजाबेथले “हो, मलाई त्यस्तै लाग्छ” भन्दा मार्गरेटले ‘बिचरी” भनेको उहाँले त्यसको दुई दशकपछि इतिहासकार बेन पिमलोटसँग बताउनुभएको छ।

त्यसपछि भने एलिजाबेथले मार्गरेटलाई यसबारे केही नभनेको उहाँले बताउनुभएको छ।

त्यसो भए १० वर्षकी राजकुमारी एलिजाबेथलाई के थाहा थियो त ? महारानी बन्ने कुरा कहिले थाहा पाउनुभयो त ?

एलिजाबेथको आदर्श व्यक्ति थिए उनका हजुरबुबा राजा जर्ज पाँचौँ । उहाँ एक साधारण तर चलाख व्यक्ति ।

जर्ज पाँचौँलाई एलिजावेथ ‘हजुरबा इङ्गल्यान्ड’ भन्नुहुन्थ्यो।

यसले एलिजावेथ सानै छँदा राजपरिवारको चालचलन बुझेको देखाउँथ्यो। जर्ज पाँचौँले उहाँलाई ‘प्रिन्सेस लिलिबेट’ नाम दिनुभयो ।

सन् १९२९ को वसन्तमा घातक फोक्सोको उपचारपछि वृद्ध राजाले इच्छा गरेका दुई वटा कुरामध्ये एउटा तीन वर्षकी नातिनी एलिजाबेथलाई भेट्ने थियो भने दोस्रो चुरोट पिउने थियो।

यही समयमा राजाले नातिनीसँग एक दिन उनी राजगद्दीको उत्तराधिकारी बन्न सक्ने कुरा सुनाउनुभयो।

‘हेर्दै जाऊ तिम्रो दाजु कहिल्यै राजा हुँदैनन्’, निको हुँदै गर्दा भेट्न आएका एलिजाबेथका बुबासँग राजाले भनेका थिए।

एलिजाबेथ

एलिजाबेथ

यो कुरा आफूहरूलाई त्यस बेला हाँसो उठ्दो लागेको पछि रानी भएकी महारानीका आमाले बताउनुभएको थियो।

तर जर्ज पाँचौँ आफ्नो अडानमा स्पष्ट हुनुहुन्थ्यो।

उहाँले आफ्ना जेठा छोरालाई सिंहासनको विरासत दिन चाहनुभएन। माइला छोरा पनि फोक्सोको समस्याका कारण लामो समय सिंहासनमा रहने अवस्था थिएन।

वृद्ध राजाले ड्यूक अफ योर्कले पनि शाही जिम्मेवारीको भारका लामो समय चलाउन सक्ने अवस्थामा नरहनेका कारण एलिजाबेथ सानैमा सिंहासनमा पुग्ने आकलन गर्नुभएको थियो।

तर कतिपयले एलिजाबेथका काका हेनरीलाई सिंहासनको विरासत मिल्ने अनुमान पनि गरेका थिए।

तर बिरामी राजाको चाहना एलिजाबेथलाई नै महारानी बनाउने देखिन्थ्यो।

जसलाई पछि रानीको पहिलो प्रधानमन्त्री नियुक्त भएका चान्सलर विन्सटन चर्चिलले पनि समर्थन गर्नुभयो।

सन् १९३६ मा जर्ज पाँचौँको शासन समाप्त हुनुअघि उहाँकी नातिनीलाई सार्वजनिक कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणाको सङ्ख्या अप्रत्याशित रूपमा बढिसकेको थियो।

यसबीच उहाँले हजुरबा इङ्गल्यान्डबाट पनि धेरै कुराहरू सिकिसक्नुभएको थियो।

एलिजाबेथलाई हेर्न टिकटको व्यवस्था
एलिजाबेथको चौथो जन्मदिन लगत्तै सन् १९३० मा सानो घोडामा बसेको उहाँको मैनको प्रतिमा सङ्ग्रहालयमा राखियो।

उहाँलाई सार्वजनिक गरिने कार्यक्रममा टिकटको व्यवस्था गरियो। उहाँको नाममा ठाउँकै नामकरण गरियो।

उहाँ पार्कमा गाडी चलाउन जाँदा समाचार बने। उहाँ छ वर्षको हुँदा नै उहाँलाई मानिसहरूले चिन्थे, बाहिर निस्कँदा टोपी र रुमाल हल्लाएर अभिवादन गर्न थालिसकेका थिए।

एलिजाबेथ

एलिजाबेथ

आफ्नो सातौँ जन्मदिनमा एलिजाबेथले चियापानको निमन्त्रणा आफ्नै नामको पत्रमा पठाउनुभयो जसमा मुकुटमुनि उहँको नामको पहिलो अक्षर थियो। जसले उहाँ उत्तराधिकारी बन्ने सङ्केत दिन्थ्यो।

उहाँको चित्र बनाउन अभिभावकले खटाएका चित्रकारले एलिजाबेथलाई ुसुन्दर, बुद्धिमान, लोकप्रिय र भविष्यको महारानीको रूपमा हेरिएकीु भनेर उल्लेख गर्नुभएको थियो।

सन् १९३४ मा अमेरिकाको एउटा पत्रिकाले उहाँलाई बेलायतको सिंहासनको उत्तराधिकारीलाई दिने कडा अनुशासनको शिक्षा दिइँदै गरेको कुरा सार्वजनिक गर्‍यो।

उहाँलाई उत्कृष्ट बाल पुस्तकहरू पढाउनुका साथै कक्षाकोठामा कम बिताएर लन्डन टावर जस्ता ठाउँहरूको भ्रमणमा पनि लगियो।

हजुरबाले उहाँकी शिक्षिकालाई एलिजाबेथ र मार्गरेटका अक्षर राम्रा हुनुपर्नेमा जोड दिनुभएको थियो।

एलिजाबेथ

एलिजाबेथ

एलिजावेथका शिक्षिकासँग एलिजाबेथले आफू महारानी भए आइतवार घोडा चढ्न नपाइने र घोडालाई आराम दिनुपर्ने कानुन बनाउने बताउनुभएको ती शिक्षिकाले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ।

उहाँलाई तत्कालीन राजारानी रहेका उहाँका हजुरबा र हजुरआमाले नेतृत्व क्षमता विकास गर्दै हुर्काउनुभएको थियो।

सिंहासनमा बसेपछि एलिजाबेथ द्वितीयाले आफ्ना हजुरबा र हजुरआमाबाट सिकेका ज्ञानहरूको उपयोग गर्नुभयो।

यसबीचमा ब्रिटिश राजपरिवारमा विभिन्न उतारचढावहरू आए पनि राजतन्त्रलाई सुरक्षित राख्न उहाँ सफल हुनुभएको छ।

घोडा र कुकुरहरूसँग खेल्दै हुर्कनुभएकी एलिजाबेथ अहिले इङ्गल्यान्डसहित वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्डकी हजुरआमा भइसक्नुभएको छ।

Share Now

Leave a comment.