Prakash Adhikari February 20, 2022

काठमाडौं, ८ फागुन । जाँच दिएर जिल्ला न्यायाधीश बन्न पनि कानूनका विद्यार्थीहरुलाई कठिन हुँदै गएको देखिएको छ ।

न्याय सेवा आयोगको आज बसेको बैठकले हालै जिल्ला न्यायाधीशको लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दा रिक्त पदमा छ भागको एक भागमात्र उत्तीर्ण भएपछि यस्तो अवस्था सार्वजनिक भएको हो ।

आयोगद्वारा आइतबार सार्वजनिक सूचनाअनुसार जिल्ला न्यायाधीशका १८ पदका लागि आवेदन आह्वान गरिएकोमा जम्मा ३ जना मात्रै उत्तीर्ण भएका छन्।

आन्तरिक खुल्लातर्फ ९ जनाका लागि आवेदन आह्वान गरिएको थियो। जसमा ३ जना मात्रै उत्तीर्ण भएका छन्।

खुल्लातर्फ ५ जनाका लागि आवेदन गरिएको थियो। आन्तरिक खुल्लातर्फ उत्तीर्ण भएका तीन जना नै खुल्लातर्फ पनि उत्तीर्ण भएका छन।

आन्तरिक खुलातर्फ ६, खुलातर्फ ५, महिलातर्फ २, आदिवासीरजनजातितर्फ १ र मधेशीतर्फ १ सिटमा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको आयोगले जनाएको छ।

लिखित परीक्षामा १सय ९६ जना सहभागी भएका थिए। आयोगले गत असोजमा लिखित परीक्षा लिएको थियो।

जिल्ला न्यायाधीशको आन्तरिक र खुला दुवैतर्फ उत्तीर्ण हुने भाग्यमानीहरुमा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी हुनुहुन्छ ।

उहाँहरुको अन्तरवार्ता फागुन २९ गते ४ः३० मा हुने भएको छ ।

Share Now

Leave a comment.