Prakash Adhikari May 20, 2022

 

काठमाडौं, ६ जेठ ।वैशाख ३० गते सम्पन्न निर्वाचनको घोषित स्थानीय तहको मत परिणाममा नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहने स्थिति देखिएको छ।

अहिलेसम्म सार्वजनिक भएको मतपरिणाममध्ये सबभन्दा धेरै स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ।

नेपाली कांग्रेसले २ सय ८३ पालिकाका प्रमुखमा विजय प्राप्त गरेको छ भने ४४ पालिकामा अग्रता लिएको छ ।

त्यस्तै, नेकपा एमालेले १ सय ७८ स्थानीय तह जितेको छ भने १९ तहमा अग्रता लिएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले अहिलेसम्म १ सय ११ स्थानीय तहमा जित हात पारको छ भने १२ पालिकामा अग्रता लिएको छ ।

निर्वाचन परिणाम अनुसार जनता समाजवादी पार्टीले १९ स्थानीय तह जितेको छ भने १६ मा अग्रता लिएको छ ।

एकीकृत समाजवादी पार्टीले १४ वटा स्थानीय तह जितेको छ भने ५ वटामा अग्रता लिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले ७ वटा पालिका जितेको छ भने ६ वटामा अग्रसरता लिएको छ ।

त्यस्तै अन्य दलहरूले २५ वटा स्थानीय तह जितेका छन् भने ८ वटामा अग्रता लिएका छन् ।

कांग्रेस माओवादीलाई लाभ, एमालेलाई घाटा

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले २ सय ९४ पालिकाको नेतृत्व जितेको थियो भने नेपाली कांग्रेस र माओवादी केन्द्रले क्रमशः २ सय ६६ र १ सय ६ पालिकाको नेतृत्व जितेका थिए।

पाँच वर्षपछि गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको हालसम्मको स्थितिले नेकपा एमाले १ सय ९७ मा सीमित हुने देखिएको छ भने नेपाली कांग्रेस र नेकपा माओवादीले आफूले पहिले जितेको संख्या कटाइसकेका छन् ।

 

 

Share Now

Leave a comment.