Prakash Adhikari May 21, 2022

काठमाडौं, ७ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त गरिएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार रोहितकुमार पौडेललाई उपकप्तान नियुक्त गरेको जानकारी दिएको थियो ।

क्यानका अनुसार रोहितलाई अमेरिका र स्कटल्यान्ड भ्रमणका लागि उपकप्तान बनाइएको हो।

यसअघि क्यानले तत्कालिन उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई खेलाडीको वर्गीकरण र सुविधाको विषयमा सञ्चारमाध्यममा आफ्नो असन्तुष्टि व्यक्त गरेकै आधारमा उपकप्तानबाट हटाएको थियो।

१९ वर्षीय रोहितले नेपालका लागि १७ एकदिवसीय र १६ टी २० खेलिसकेका छन्। रोहितले सन् २०१८ मा राष्ट्रिय टिममा डेब्यू गरेका हुन्।

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय सिरिज जेठ महिनाको अन्तिमदेखि अमेरिकामा खेल्दैछ।

नेपाल क्रिकेट संघले आईसीसी लिग २ खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिसकेको छ।

Image

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेको नेतृत्व रहने १५ सदस्यीय टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समावेश गरिएको छैन ।

टिममा विनोद भण्डारीलाई पुनः स्थान दिइएको छ। यस्तै किशोर महतो र सुनील धमलाले पनि मौका पाएका छन्।

सन्दीप लामिछाने लामिछानेको कप्तानीमा रहने नेपाली टिममा उपकप्तान रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनील धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, सोमपाल कामी, करण केसी, विक्रम सोव, किशोर महतो, सागर ढकाल रहेका छन् ।

अमेरिकाको टेक्सासस्थित पियरी भ्यू क्रिकेट कम्प्लेक्समा हुने सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ। सिरिज जेठ २५ देखि असार ५ सम्म हुनेछ।

तीन देशबीचको यो अन्तिम त्रिकोणात्मक सिरिज हो। यसअघि तीन देश सम्मिलिन सिरिज नेपाल र ओमानमा भइसकेको छ।

सिरिजमा नेपालले पहिलो खेल ओमानसँग खेल्नेछ। खेल नेपाली समयअनुसार राति ९ः१५ बजे तथा स्थानीय समयअनुसार विहान १०ः३० बजे खेल सुरु हुनेछ।

सिरिजमा नेपालले दुवै देशसँग दुई दुई खेल गरी जम्मा चार खेल खेल्नेछ।

खेल तालिका(नेपाली समय अनुसार)
नेपाल भर्सेस ओमानः ९ जुन ( राति ९ः१५ बजे)

नेपाल भर्सेस अमेरिकाः ११ जुन (राति ९ः१५ बजे)

नेपाल भर्सेस ‌ओमानः १४ जुन (राति ९ः१५ बजे)

नेपाल भर्सेस अमेरिकाः १५ जुन (राति ९:१५ बजे)

 

 

Share Now

Leave a comment.