Prakash Adhikari July 17, 2022

 

नयाँदिल्ली(भारत), १ साउन । नेपालका राजनीतिक दल र नेपालको राजनीतिमा बढ्दै गएको चिनिया कम्युनिष्ट पार्टीको प्रभावलाई कम गर्न दक्षिणको छिमेकी राष्ट्रको सत्तारुढ राजनीतिक दल भाजपाले समेत नेपालका ठूला राजनीतिक दलहरुसंग औपचारिक सम्बन्ध बढाउने रणनीति लिएको छ । भारतीय जनता पार्टीका अध्यक्ष जे.पी. नाड्डाको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा हुनुहुन्छ ।

आथितेय राष्ट् भारतको सत्तारुढ दल भाजपाले सो दलका अध्यक्षसंग नेकपा माओवादीका अध्यक्षले भेट गर्नु पहिले जारी एक प्रेस विज्ञप्तिमा यस कुराको छनक दिएको छ ।



भारत भ्रमणमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान ११ः३० बजे भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय भ्रमण गर्दै हुनुहुन्छ।

भाजपाले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री दाहालले भाजपाका अध्यक्ष जेपी नड्डासंग भेटवार्ता गर्ने र भेटवार्तामा दुई पार्टीबीचको अन्तर्क्रिया अभिवृद्धि गर्ने बिभिन्न उपायबारे छलफल हुने भाजपाले जनाएको छ।

भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर र भाजपाका विदेश बिभाग प्रमुख विजय चौथाइवाले पनि सहभागी हुने जनाएको छ। भाजपा मुख्यालय पुग्ने प्रचण्ड नेपालका दोश्रो शीर्ष नेता हुनुहुन्छ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा गत अप्रिल पहिलो साता भारत भ्रम्णका क्रममा भाजपा मुख्यालय पुग्नुभएको थियो।

भाजपा अध्यक्ष नड्डाको निम्तोमा शुक्रबार भारत गएका प्रचण्डले शनिवार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित धोवल, भारतीय विदेशमन्त्री जयशंकरसंग भेट गरिसक्नुभएको छ।

Image

उहाँले आइतबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ। उहाँ आज(आइतबार) नै स्वदेश फर्किने बताइएको छ।

जलविद्युतमा लगानीको आह्वान

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युतको क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवर्द्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताउनुभएको छ।

तीन दिने भारत भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले शनिवार ‘फाउन्डेसन फर पब्लिक अवेयरनेस एन्ड पोलिसी(एफपीएपी)’ले दिल्लाीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै जलविद्युत् उत्पादनमा नेपालमा प्रचुर सम्भावना रहेको र भारत विश्व अर्थतन्त्रको मुख्य केन्द्र बन्दै गरेकोले भारतमा हुने विद्युतीय ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युत उपयोगी हुने बताउनुभयो ।

उहाँले ऊर्जा क्षेत्रमा भएका द्विपक्षीय सहकार्यमार्फत दुवै देशले सामूहिक लाभ लिन सक्ने जनाउँदै ऊर्जा सुरक्षा र हरित विकासमा नेपालको जलविद्युत् महत्वपूर्ण हुने बताउनुभयो ।

Image

ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र भारत गत अप्रिलमा सहमति भएको उल्लेख गर्दै उनले त्यही आधारमा दीर्घकालीन रुपमा जलविद्युत् विकास गरिने बताउनुभयो।

पूर्वप्रधानमन्त्री रहिसक्नुभएका दाहाँलले नयाँ प्रसारण लाइनमार्फत अन्तरदेशीय प्रशारण लाइनको सबलीकरण गरिएको र यसबाट दुई देशबीचको ऊर्जा व्यापारको सम्भावना थप विस्तार भएको बताउनुभयो।

“नेपालबाट ३६४ मेगावाट विद्युत् भारत निर्यात भइरहेको छ, यसलाई दीर्घकालीन रुपमा विस्तार गर्न चाहन्छौँ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो “, नेपाल–भारतबीच भएको पछिल्लो समझदारीका आधारमा बङ्गलादेश, भूटान, भारत र नेपाल सम्मिलित (बीबीआइएन) मार्फत क्षेत्रीय विद्युत् व्यापारका लागि मार्ग प्रशस्त भएको छ।

Image

 

Share Now

Leave a comment.