
काठमाडौं, १४ श्रावण । १२ बर्षको अवधिमा नेपालमा बाघको संख्या झण्डै तेब्बर पुगेको छ ।
नेपालमा बाघको संख्या बढेकोमा हलिउडका चर्चित अभिनेता लियोनार्डो डिक्याप्रियोले नेपाल सरकार संरक्षणकर्तालाई दिनुभएको छ ।
नेपाल २०१० मा लिएको बाघको संख्या दोब्बर बनाउने लक्ष्यमा सफल भएकोमा उहाँले समाजिक सञ्जालमा स्ट्याटस राख्दै बधाइ दिनुभएको हो।
लियोनार्दोले भन्नुभयो, “यसपालिको बाघ दिवश एकदमै विशेष भएको छ। किनभने नेपाल सन् २०१० मा लिएको जंगली बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने उद्देश्यमा सफल भएको घोषणा गरेको छ। यो प्रभवशाली कोशेढुङ्गा पार गरेकोमा नेपाललाई बधाई छ।”
For today’s #GlobalTigerDay in this #YearoftheTiger, #Nepal announced it achieved its global commitment, made in 2010, to double the country’s wild tiger population by 2022. A 2022 survey revealed there are an estimated 355 tigers now in the country, up from 121 in 2010. pic.twitter.com/dc1xi4mHF3
— Leonardo DiCaprio (@LeoDiCaprio) July 29, 2022
हालसालै सकिएको सन् २०२२ को सर्वेक्षण अनुसार नेपालमा बाघको संख्या ३ सय ५५ रहेको बताउँदै लियोनार्दोले भन्नुभयो, “सन् २०२२ को सर्वेक्षण अनुसार नेपालमा हाल बाघको संख्या ३ सय ५५ छ। सन् २०१० मा यो संख्या १ सय २१ मात्र थियो। यो एक अविश्वसनीय उपलब्धि हो। विगत १२ वर्षदेखि नेपाल सरकार वन्यजन्तु संरक्षणमा लागेको प्रमाण हो।”
बाघको संख्या बढेपछि यसले शिकार गर्ने संख्या पनि बढ्ने भएकोले बाघबाट जोगिन कदम चाल्न लियोनार्दोले संझाउनुभएको छ ।
“बाघको संख्या बढेसँगै त्यससँग सुरक्षित रहन थप ध्यान केन्द्रित गर्नु जरुरी छ। नेपालले वन्यजन्तुसँग सुरक्षित रहन प्रधानमन्त्री मानव वन्यजन्तु उद्धार तथा राहत कोषु सुरु गरेको छ, यो प्रशंसनीय कार्य हो।”
नेपालमा पाटेबाघको संख्यामा दोब्बरभन्दाबढीले बढेको छ। विश्वबाटै लोप हुने आशंकाले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशहरूले गरेको प्रतिबद्धता अनुरूप नेपालले सुरु गरेको बाघ संरक्षण कार्यले सन् २०२२ मा लक्ष्य पूरा गरेको हो।
पछिल्लो गणनाको नतिजाअनुसार नेपालमा ३ सय ५५ वटा पाटेबाघ छन्।
गत वर्षको मंसिर १९ गते सुरु भएर फागुन २८ गते सम्पन्न बाघ गणनामा सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको उल्लेख छ। जहाँ १ सय २८ बाघ छन्। दोस्रोमा बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ र तेस्रो बढी पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाघ छन्। यस्तै चौथो शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा ३६ र पाँचौं बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको गणना रिपोर्टले देखाएको छ।