Prakash Adhikari August 5, 2022

साजिआ अली/ बीबीसी न्यूज

लण्डन(संयुक्त अधिराज्य), २० श्रावण । जागिरबाट घर फर्कँदा घुँडा चिलाए पनि स्कट नीलले त्यसबारे खासै धेरै सोचेनन्।

तर त्यो यस्तो कुरा थियो जसले झन्डै उनको खुट्टा गुम्ने या ज्यानै जाने सम्भावना थियो।

जब ३१ वर्षीय नीलले अस्पतालमा छ सातामा छ पटक शल्यक्रिया गराए तब उनलाई निकै दुर्लभ तर घातक जीवाणुले मासु खाने रोगुबारे थाहा भयो।

उनी यूकेमा बर्सेनि झन्डै ५०० मानिसहरू सङ्क्रमित हुने नेक्रोटाइजिङ फ्यासिआइटिस रोगका पीडितमध्ये एक हुन्।

आफ्नो छालामा देखिएको उक्त दुर्लभ ब्याक्टेरिअल सङ्क्रमणले झन्डै ज्यान लिन सक्ने थाहा पाएर उनी अचम्मित छन्।

चिकित्सकहरूले केही घण्टा मात्र ढिलो भएको भए उनको दायाँ खुट्टा गुम्न सक्ने र उनको मृत्यु नै पनि हुनसक्ने बताएका छन्।

‘त्यो साँच्चै अचम्मलाग्दो थियो’, नीलले थपे।

स्कट नील

गहिरो पीडा

स्कटले गहिरो पीडाबीच रोएको सम्झन्छन्।

गत वर्ष घरमा लडेको केही दिनपछि आफूलाई अस्पताल लैजानका लागि आँसुसाथ अनुनयविनय गरेको उनी सम्झन्छन्।

त्यस बेला उनको खुट्टा दोबर सुन्निएको थियो।

त्यो समस्या नेक्रोटाइजिङ फ्यासिआइटिसको रूपमा देखा पर्‍यो।

घाउ सङ्क्रमित भएमा हुने ब्याक्टेरियाको सङ्क्रमणको उपचारका लागि तत्काल अस्पताल पुग्नुपर्ने हुन्छ।

नेक्रोटाइजिङ्ग फ्यासिआइटिस
नेक्रोटाइजिङ फ्यासिआइटिस

अस्पताल पुग्ने बित्तिकै गहिरो दुखाइले गर्दा उनलाई दुर्घटना तथा आपत्कालीन सेवा दिने विभागतर्फ पठाइयो।

“के भएको थियो भनेर म ठ्याक्कै भन्न त सक्दिनँ। तर मैले अहिलेसम्म अनुभव गरेमध्ये असह्य पीडा थियो त्यो”, स्वान्सी सहरका यी सङ्गीतकर्मीले भने।

चिकित्सकहरूले शल्यक्रिया गरेपछि नेक्रोटाइजिङ फ्यासिआइटिसले घुँडा र त्यस माथिको ूमासु खाइसकेकोू थाहा पाए।

निकै गम्भीर
“दुखाइ र त्यसबाट पाएको राहतबीच म असहज महसुस गरिरहेको थिएँ”, उनले सम्झिए।

“त्यसैले मैले दैनिकी सुरु गरिहाल्ने सोचिनँ। तर त्यसले मलाई यो निकै गम्भीर रहेको सङ्केत गर्‍यो।”

भर्खर ३० वर्ष लागेका नीलले छ साता अस्पतालमा बिताएर छ वटा शल्यक्रिया गरेकामा आधाजसो शल्यक्रिया ूमृत मांसपेशीू काटेर फ्याँक्ने खालको थियो।

उक्त रोगलाई फैलिन नदिन त्यसो गर्नपर्थ्यो।

यूकेमा प्रत्येक १,३०,००० मानिसमध्ये एक जनालाई बर्सेनि यसको सङ्क्रमण हुने गर्छ।

नेक्रोटाइजिङ्ग फ्यासिआइटिस
नेक्रोटाइजिङ फ्यासिआइटिस

घुँडाका तन्तुमा बाच्छोको मांसपेशी
नीलको शरीरको पछाडिको भागको मांसपेशीलाई सुरुमा घुँडाको मृत मांसपेशी विस्थापित गर्न प्रयोग गरिएको थियो तर पछि बाच्छोको मासु प्रयोग गरियो।

ूयो साँच्चिकै कठिन थियो, म निकै धेरै बेर रोएँ,ू उनी भन्छन्। ूआफ्नै शरीर पूरै अर्कोझैँ लाग्थ्यो।ू

विज्ञहरूले उपचारको कुरा उठाए पनि अभियानकर्मीहरू भने यो रोगबारे जनचेतना फैलाउन आवश्यक हुने बताउँछन्।

ूनीलले अनावश्यक दुःख पाए,ू यूकेमा यसको उपचारका लागि परिचित डा। मरिना मोर्गेनले भनिन्।

ूनेक्रोटाइजिङ फ्यासिआइटिस फैलिनका लागि निकै आक्रामक कीटाणुहरू शरीरमा टाँसिने गर्छन्। र बिस्तारै त्यहाँ रहने अवस्था बनाएर उनीहरू भित्र प्रवेश गर्छन्।ू

स्कट नील

ूयदि शरीरले ती कीटाणुसँग लड्न सकेन, यदि तपाईँको प्रतिरक्षा प्रणाली बलियो छैन वा यसअघि कीटाणुको सामना गरेको छैन भने तपाईँसँग तीसँग जुझ्नका लागि रोगप्रतिरोधी तत्त्व हुँदैन,ू उनले भनिन्।

ूसबैभन्दा खराब प्रकारको नेक्रोटाइजिङ्ग फ्यासिआइटिस भनेको ग्रुप ए स्ट्रेप हो, जुन सामान्य रूपमा टन्सिल गराउने उडुस भनिन्छ र त्यसका धेरै लक्षण हुँदैनन्।ू

डा। मोर्गनका भनाइमा नेक्रोटाइजिङ फ्यासिआइटिसको एउटा मुख्य विशेषता भनेको छालामा देखिनेभन्दा निकै धेरै असर हुनु हो।

ूत्यसो किन भने यो तन्तुको निकै भित्र हुन्छ,ू रोयल डेभन एण्ड एक्इटर अस्पतालकी माइक्रोबायलोजी तथा सङ्क्रमणसम्बन्धी विशेषज्ञले भनिन्।

जब निकै उच्च मात्राको दुखाइ निरोधक औषधिहरू पनि बिरामीका लागि काम गर्दैनन्, ूतब त्यो नेक्रोटाइजिङ फ्यासिआइटिस हो कि भन्ने सोचेर सही एन्टीबायोटिक दिनुपर्छ।ू

नेक्रोटाइजिङ फ्यासिआइटिस के होरु
यस सङ्क्रमणले छालभन्दा मुनिको तन्तुहरूलाई असर गर्छ र जसले गर्दा एउटा साधारण घाउ पनि समयमै उपचार गरिएन भने प्राणघातक बन्न सक्छ।

यसका ब्याक्टेरियाहरूले छाड्ने विषाक्त पदार्थहरूले आसपासका तन्तुहरूलाई नष्ट गर्छ।

सुरुमा बान्ता लाग्ने र प्रभावित भागमा सुजन हुने लक्षण देखिन्छ।

त्यसपछि पीडितको शरीरमा रिँगटा र विभ्रम हुने लक्षण देखिन्छ।

यो निकै छिटो फैलिन सक्छ र त्यसले सेप्सिस भनिने रगत विषाक्त पार्ने अवस्था र अङ्गहरूले काम नगर्ने जटिल समस्या निम्त्याउन सक्छ।

Share Now

Leave a comment.