
काठमाडौं, ५ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारीलाई नियुक्त गरेकी छन् ।
यसको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले एक प्रेस विज्ञप्तिमार्फत सोमबार दिएका छन् ।
झापा जिल्ला कमल गाउँपालिका निवासी भेषराज अधिकारीले राष्ट्रपति भण्डारीले अघिल्लो कार्यकालमा पनि सचिवालयमा रहेर सहयोग गरेका थिए ।