Prakash Adhikari August 5, 2022

काठमाडौं, २० श्रावण । साताको अन्तिम दिन शुक्रबार पनि शेयर बजारले आरालो प्रवृत्ति त्याग्न सकेन। केहि दिन अघिदेखि घट्न थालेको शेयर बजार शुक्रबार पनि १.६१ प्रतिशतले घट्यो।

शुक्रबार धितोपत्र बजार परिसूचक ३४.६१ अंकले घटेर २११३.५५ विन्दुमा झरेको छ । यस दिन २ सय १३ कम्पनीका ६४ लाख १६ हजार ६ सय २९ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९ सय४८ रुपैयाको कारोबार भएको छ । शुक्रबार जम्मा दुई घण्टा कारोबार हुने गर्दछ ।

शुक्रबार बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने निर्णय गरेपनि शेयर बजारमा त्यसले सकारात्मक प्रभाव पार्न सकेको छैन।

शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा सुूचीकृत भई वर्गीकरणमा परेका १३ उपसमूह मध्ये १२ उपसमूहको उपपरिसूचक घटेका छन् । म्युचुअल फण्ड एउटाको मात्र उपपरिसूचक बढेको छ ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,380.23 22.16 1.58
Trading 2,175.80 62.65 2.8
Hotels And Tourism 2,812.29 25.73 0.91
Development Bank 3,812.65 86.71 2.22
HydroPower 2,552.73 39.54 1.53
Finance 1,856.10 65.29 3.4
Non Life Insurance 8,407.72 95.32 1.12
Manu.& Pro. 5,440.69 67.84 1.23
Others 1,573.36 9.16 0.58
Microfinance 4,782.51 116.17 2.37
Life Insurance 9,909.45 119.99 1.2
Mutual Fund 14.88 0.13 0.89
Investment 70.90 1.5 2.07

समग्र शेयर बजार ओरालो लागेको यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशतले बढेको छ भने उपकार लघुवित्तको ३.१४ प्रतिशत, कालिका लघुवित्तको ३.१० प्रतिशत र बलेफी हाइड्रोपावरको २.५९ प्रतिशतले बढेको छ। यस्तै शेयर मूल्य बढने अन्य कम्पनीमा ग्लोबल आइएमई स्किम १, एनएमबी हाइब्रिड फण्ड, सानिमा बैंक डिबेञ्चर ८७, बैंकअफ काठमाडौं डिबेञ्चर ८६, बोटलर्स नेपाल तराई, एनआईबीएल प्रगति फण्ड रहेका छन् ।

 

Top Gainers

Symbol LTP % Change
As of 2022-08-05 12:59:59
JOSHI 260.00 5.91
GIMES1 9.75 3.94
ULBSL 3,449.00 3.14
KMCDB 1,158.90 3.10
BHL 372.00 2.59
NMBHF1 11.95 2.49
SBD87 775.20 2.00
BOKD86 775.20 2.00
BNT 13,825.00 1.99
NIBLPF 9.80 1.98
View All

शुक्रबार मैलुङ्ग खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.१८ प्रतिशतले घटेको छ भने गुह्वेश्वरी फाइनान्सको ६.४२ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ६.३७ प्रतिशत र सामलिङ्ग पावरको ५.६९ प्रतिशतले घटेको छ। त्यस्तै यस दिन इमर्जिड.नेपाल, तेह््थुम पावर, मञ्जुश्री फाइनान्स,नेपाल फाइनान्स,गुराँस लघुवित्त र कर्पोरेट विकास बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा घटेको छ ।

Top Losers

Symbol LTP % Change
As of 2022-08-05 12:59:59
MKJC 478.00 -7.18
GMFIL 350.00 -6.42
UMRH 720.00 -6.37
SPC 612.00 -5.69
ENL 749.90 -5.44
TPC 486.10 -5.43
MFIL 467.00 -5.27
NFS 317.00 -5.09
GLBSL 1,009.40 -5.07
CORBL 329.50 -5.04
View All

शुक्रबार शिवम् सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै १५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको १४ करोड १४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ६४ लाख र अपि पावरको ५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै अधिक कारोबार हुने अन्य कम्पनीहरुमा अपि पावर, अरुण कावेली पावर लिमिटेड, युनिभर्सल पावर,गोर्खा फाइनान्स, अरुणभ्याली हाइड्रोपावर, नेपाल टेलिकम र नेष्डो लघुवित्त रहेका छन् ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-08-05 12:59:59
SHIVM 156,629,938.80 791.00
NABIL 141,414,347.60 819.70
HDL 96,424,047.50 3,834.90
API 56,780,140.00 279.00
AKPL 56,013,525.10 475.00
UPCL 55,551,339.90 277.00
GUFL 54,871,426.60 630.00
AHPC 54,320,772.10 375.00
NESDO 49,825,066.80 3,115.00
NTC 47,570,326.70 938.00
View All
Share Now

Leave a comment.