Prakash Adhikari August 12, 2022

काठमाडौं, २७ श्रावण । बलात्कार आरोपीलाई सजाएको माग गर्दै एक हप्तादेखि आमरन अनसन बस्दै आउनुभएकी निहारिका राजपुतले शुक्रबार आत्मदाहको प्रयास गर्नुभएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अंकुर जिसिका अनुसार उहाँले राष्ट्रपति भवन शितलनिवास अघि आत्मदाहको प्रयास गनुभएको हो ।

‘बसन्तपुरमा अनशन बस्दै आउनुभएकी उहाँ आज शितलनिवास अगाडि आउनुभएको थियो,’ जिसीले भन्नुभयो,‘बिहान गाडी चढेर शितलनिवास आउनुभएको थियो।’

अंकुरका अनुसार दुई बोतल पेट्रोल बोकेकी निहारिकाले एक बोतल आफ्नो ज्यानमा खन्याउनुभएको थियो।

“दुई बोतल पेट्रोल लिएर आउनुभएको थियो”, जिसीले भन्नुभयो, “एक बोतल त आफ्नो ज्यानमा खन्याउनुभएको थियो। अर्को एक बोतल भने खन्याउन पाउनुभएन। हामीले उहाँलाई तुरून्तै नियन्त्रणमा लियौं।”

निहारिकाको स्वास्थ्य अवस्था बिग्रिएको कारण उहाँलाई शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै निहारिकाले न्यायका निम्ति राजधानीमा प्रदर्शन र अनशन गर्दै आउनुभएको छ ।

Share Now

Leave a comment.