Prakash Adhikari August 16, 2022

काठमाडौं, ३१ श्रावण । न्याय परिषदले रिक्त रहेको २१ जना जिल्ला न्यायाधीश पदमा नियुक्ति सिफारिस गरेको छ ।

२७ आषाढमा परिषद्ले २१ न्यायाधीश पदका लागि आवेदन दिन आह्वान गरेका थियो ।

जसमा ६३ जनाले आवेदन दिएका थिए । मंगलबार बसेको परिषदको बैठकले जिल्ला न्यायाधीश पदमा आवेदन दिएका ६३ जना मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो ।

परिषद्ले १० श्रावणमा आवेदन दिएकाहरुउपर परिषदले उजुरी आह्वान गरेको थियो ।

सिफारिस हुनेहरुको नामावली हेर्नुहोस्

१. टेकबहादुर कार्की,
२. प्रकाश कोइराला
३. ध्रुवकुमार ढकाल
४. विकास श्रेष्ठ,
५. नवराज दुलाल
६. जगन्नाथ पौडेल,
७. विष्णुप्रसाद रेग्मी
८. पुरुषोत्तम नेपाल
९. राजेश्वर अर्याल
१०. महेन्द्रबहादुर थापा क्षेत्री
११. भीमबहादुर निरौला
१२. रामानान्दप्रसाद अधिकारी,
१३. मोहन सुवेदी
१४. सुरेशराज खनाल
१५. निर्मला सुवेदी
१६. हर्कबहादुर क्षेत्री
१७. पूर्णिमा कोइराला
१८. तारादेवी महर्जन
१९. डल्लुराम चौधरी
२०. ताराकुमारी शर्मा
२१. भगवती शर्मा ढुंगाना

 

Share Now

Leave a comment.