Prakash Adhikari August 28, 2022

काठमाडौं, १२ भाद्र । मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् ।

आई डु इभेन्ट्सले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद १ लाख रुपैयाँ पुरस्कार पाएकी हुन् । प्रतियोगितामा फस्र्ट रनर अप पूर्णिमा प्रजापती र सेकन्ड रनर अप दा लामु शेर्पा भएकी छिन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पेले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्डलमा ध्रुव बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए । मिस नेसन नेपालको यो पहिलो संस्करण हो ।

आयोजकको अनुसार हरेक वर्ष मिस नेसन नेपाल सञ्चालन गरेर महिलाहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताए । यस्तै प्रतियोगितामा भ्युअर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पूर्णिमा प्रजापती, मिस फ्रेन्डली मरिना ढुङ्गेल, मिस कन्फिदेन्स श्वेता शर्मा, मिस ट्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती सर्राफ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी संगम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो ।

कार्यक्रम थापाथलीस्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बस्यालले गरेका थिए । कार्यक्रम सञ्चालन रोहित भट्टले गरेका थिए । विभिन्न फेसन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिएका थिए ।

 

Share Now

Leave a comment.