Prakash Adhikari August 29, 2022

काठमाडौं, १३ भाद्र। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगको छानबिन गरिहेको प्रतिनिधिसभा अन्तरगतको सिफारिस समितिलाई पूर्वन्यायाधिश फोरमले ४ बुँदे पत्र बुझाएको छ ।

फोरमले आइतबार समितिसमक्ष बुझाएको ४ बूँदे पत्रमा रञ्जनप्रसाद कोइरालाको मुद्दाका बारेमा सर्वोच्च अदालतबाट मिसिल झिकाएर छानबिन हुनुपर्ने माग गरेको छ ।

फोरमले समाजका तर्फबाट २०७७ साउन १५ गते जारी भएको विज्ञप्तिलाई पनि आधार मान्न सुझाव दिएको छ ।

फोरमले ५ कात्तिक २०७८ मा आफूहरुले न्यायपालिकाको बेथिति, विकृति र विसंगतिबारे विज्ञप्तिमार्फत सरोकार राखेको भन्दै सुझावमा भनेको छ ।



फोरमले सर्वोच्च अदालत र भक्तपुर जिल्ला अदालतको भवन निर्माण भएको अनियमिततामा विज्ञहरुबाट छानबिन हुनुपर्ने औंल्याएको छ ।

न्यायाधीशको आचार संहिता विपरीत निलम्बित प्रधानन्यायाधीश जबराले गत वर्ष प्राइम टेलिभिजनमा अन्तर्वार्ता लिएको भन्दै त्यसलाई पनि प्रमाणको रुपमा लिन र छानबिन गर्न पूर्व न्यायाधीशहरुले माग गरेका छन् ।

Share Now

Leave a comment.