Prakash Adhikari September 9, 2022

काठमाडौं, २४ भाद्र । नेपाली सेनाले ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ ।

सेनामा रिक्त भएका ४ हजार दरबन्दीमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको हो ।

नेपाली सेनाले खुलातर्फ २ हजार ८८, महिला ३ सय ५०, आदिवासी जनजाति ५ सय ५०,मधेशी ४ सय ८०, दलित २ सय ५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २ सय गरी ४ हजार पदमा दरखास्त आह्वान गरेको हो ।

ती पदहरुमा आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एक हप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको हो ।

Share Now

Leave a comment.