
काठमाडौं, २६ भाद्र । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई महाभियोग लगाउनका लागि यसको अध्ययन,अनुसन्धान र छानबिन गरी प्रतिनिधिसभालाई सिफारिस सहितको प्रतिवेदन दिन गठित सिफारिस समितिको बैठक आज पनि बस्दै छ।
महाअभियोग सिफारिस समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले आइतबार अपरान्ह साढे १२ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बोलाइएको बताउनुभएको छ।
सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीशसंग यसअघिका तीन बैठकमा ११ प्रश्नको जवाफ लिएको छ।
अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको छ ।
संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ।
तर प्रतिनिधिसभाको कार्यकाल मंसिर ४ को निर्धारित प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको समानुपातिकतर्फका उम्मेद्वारहरुको सूची निर्वाचन आयोगलार्ई बुझाउने दिन असोज २ सम्म मात्र रहेकोले समितिले काम टुग्याउन हतार गरिरहेको छ।
पहिले संसदको कार्यकाल नै प्रष्ट भइसकेको थिएन। संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ।
संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन।
त्यसैले सिफारिस समितिले त्यस पहिले नै आफ्नो कदम जायज भएको स्थापित गन
महाभियोगका प्रस्तावक र समर्थक राजनीतिक दलका सांसदहरुले सिफारिस समितिलाई काम छिटो टुंग्याउन दवाव दिएका छन् ।
सिफारिस समितिले रातसाँझ गरेर प्रतिवेदन तयार गर्न सकेन भने निर्वाचनका मुखमा सत्तारुढ गठबन्धनमा सामेल दलहरुलाई अर्को ब्याकफायर हुन सक्छ ।