Prakash Adhikari September 13, 2022

लण्डन(संयुक्त अधिराज्य), २८ भाद्र(बीबीसी) । ब्रिटेनका नयाँ राजा चार्ल्स तृतीयले त्यहाँको संसद्‌लाई लोकतन्त्रको जीवन्त अङ्ग भन्दै प्रशंसा गर्नुभएको छ।

राजाका रूपमा संसद्‌मा गरेको पहिलो सम्बोधनका क्रममा उहाँले महारानी एलिजाबेथ द्वितीयाको निधनमा सांसदहरूले व्यक्त गरेको समवेदना स्वीकार्नुभयो।

राजा चार्ल्सले आफ्नी आमाले गरेको निःस्वार्थ सेवाका उदाहरण अनुशरण गर्ने बताउनुभयो।

राजा बनेपछि पहिलो पटक संसद्‌लाई सम्बोधन गर्न वेस्टमिन्स्टर हलमा पुग्नुभएका चार्ल्स तृतीयलाई ट्रम्पेटको धुनसहित स्वागत गरिएको थियो।

कृतज्ञता प्रकट
महारानी एलिजाबेथ द्वितीयाको निधन भएको पाँचौँ दिन राजा चार्ल्स त्यहाँ पुग्नुभएको हो।

आफ्नो मन्तव्यका क्रममा उहाँले संसदका दुवै सदनका सभामुखहरूले व्यक्त गरेको समवेदना स्वीकार गर्दै आफ्नो भनाइ राख्नुभएको थियो।

सो क्रममा क्रममा उहाँले भन्नुभएको थियो, ‘हाउस अफ लर्ड्स् र हाउस अफ कमन्समा व्यक्त भएका समवेदनाप्रति म एकदमै कृतज्ञ छु।म तपाईँहरूको अघि उपस्थित भइरहँदा वेस्टमिन्स्टर हलमा रहने सांसदहरूको इतिहासको ओज महसुस गरिरहेको छु।”

संसद्‌मा सम्बोधन गरेपछि एडिन्बरा पुगेका राजा चार्ल्स तृतीय र क्वीन कन्सोर्ट कमिला सेन्ट जाइल्स कथिड्रलसम्मको शवयात्रामा सहभागी हुनुभयो।

त्यहाँ दिवंगत महारानी एलिजाबेथको पार्थिव शरीर २४ घण्टाका लागि राखिने छ। मानिसहरूले त्यहाँ महारानीप्रति सम्मान व्यक्त गर्न सक्नेछन्।

Share Now

Leave a comment.