काठमाडौं, १३ असोज । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) का ग्राहकहरुले चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली मा स्वास्थ्य परीक्षण गराउदा विशेष छुट पाउने भएका छन् ।
एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिज प्रा.ली बीच हालै यस सम्बन्धी संझौता भएको छ ।
सझौता बमोजिम बैंकको भिसा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरुलाई ल्याबरोटरिज प्रा.ली मा बैंकको भिषा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।


















