काठमाडौं, १३ असोज । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिंदै आएको भूमिस्थ सेवा(ग्राउण्ड ह्याण्डलिडं)लाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन(आईएटीए,आएटा)बाट मान्यता पाएको छ ।
निगमको ग्राउण्ड ह्याण्डलिड.सेवाले भूमिस्थ सेवा सञ्चालनका लागि इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन ग्राउन्ड अपरेसनको सुरक्षा लेखापरीक्षणमा दर्ता भएको र मान्यता प्राप्त गरेको प्रमाणपत्र पाएको छ । यो कदरपत्र अवधि २०२४सम्म बैध रहनेछ ।
संघले निगमलाई कार्गो ह्यान्डलिङसहित ग्राउन्ड ह्यान्डलिङका सबै क्षेत्रमा इसागो सर्टिफाइड गरेको हो।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सर्भिस दिँदै आएको छ।
पहिले पनि निगमले ग्राउन्ड ह्यान्डलिङ अन्तर्गत लोड कन्टेल, पेसेन्जर र ब्यागेज ह्यान्डलिङ, एयरक्राफ्ट ह्यान्डलिङ र लोडिङ, अर्गनाइजेसन र व्यवस्थापन, एयरक्राफ्ट ग्राउन्ड मुभमेन्टले इसागो सर्टिफिकेट पाएको थियो।
मन्त्रीको कुदृष्टि
निगमले दिएको सेवाले अन्ताष्ट्रिय क्षेत्रमा वाहवाही पाइरहेको बेलामा वर्तमान संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिड.को काम नेपाल वायुसेवा निगमबाट खोसेर एक निजी कम्पनीलाई दिने कसरत संलग्न भेटिनुभएको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित र ठूलो आम्दानीको स्रोत मानिएको ग्राउण्ड ह्याण्डलिड.को सेवा फुत्काउन यति ग्रुपले धेरै अगाडिदेखि प्रयास गर्दै आएको थियो ।
विगतमा पनि ग्राउण्ड ह्याण्डलिड.को सेवा प्रतिस्पर्धामा दिने निर्णय गर्दा निगमका कर्मचारीहरुको विरोधले त्यो कदम रोकिएको थियो ।
कोरोना महामारीको कारण थलिएको नेपाल वायुसेवा निगमलाई पुनर्जीवन दिनुभएका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाएर नयाँ पदाधिकारी नियुक्त गरी रकम खाने प्रयासमा कतैबाट साथ नपाउनुभएका मन्त्री श्रेष्ठ र समाजवादी अध्यक्ष माधवकुमार नेपाल ग्राउण्ड ह्याण्डलिड।को जिम्मा यतिलाई लगाएर पैसा खाने दाउमा हुनुहुन्छ ।
अप्ठ्यारो अवस्थामा निगमका कर्मचारीहरुलाई तलवभत्ता ख्वाउन र निगमको सञ्चालन खर्च ग्राउण्ड ह्याण्डलिड। सेवाबाट जुट्दै आएको छ ।
यस सेवा अन्तरगत यात्रुहरुलाई जहाजसम्म लैजाने र जहाजबाट आगमन कक्ष नजिक ल्याउने यात्रुवाहक बस र्याम्प सञ्चालन, विमान स्थलमा आएका जहाजको सामान अनलोड र विमानस्थलबाट उड्ने जहाजमा सामान लोड गर्ने, जहाज अवतरण र उडान गर्दा मार्सलिड। गर्ने, हवाईजहाज अगाडि पछाडि सार्न, यात्रुहरुको ब्यागेज ह्याण्डलिड. गर्ने, एअरकण्डिसनिड। युनिट र ग्राउण्ड पावर युनिटको सेवा उपलब्ध गराउने, सञ्चार र अत्यावश्यकीय इनर्जीको सेवा उपलब्ध गराउने,यात्रुहरुको जाँच गर्ने,टिकटको प्रबन्ध र जाँच गर्ने,यात्रुहरुको प्रस्थान र आगमनको व्यवस्थापन गर्ने, ह्वील चियर पहुँच, भेटघाट र सहयोग,अन्य विशेष सेवा उपलब्ध गराउने, सुविधाभन्दा बढीको सामानको बन्दोबस्त मिलाउने, ब्यागेजहरु हराएमा खोजी गरी संबन्धित व्यक्तिलाई बुझाउने, ट्रान्जिट प्यासेन्जरको ब्यागेज संबन्धित एअरलाईनमा पुर्याउने व्यवस्था गर्ने, यात्रु,कार्गो र जहाजको उडान भारको समन्वय मिलाउने, क्याबिन सेवा प्रदान गर्ने, क्याविन र जहाजको भित्री सफाई,कार्गोको ओसार पोसार पर्दछन् ।
मन्त्री श्रेष्ठले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दबाब दिएर सो सेवा यतिलाई सुम्पन खोज्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हालै एक निर्णय गरेर नेपाल वायुसेवा निगमले प्रदान गरिरहेको ग्राउण्ड ह्याण्डलिड. सेवा गुणस्तरीय नभएको निर्णय गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले २०२१ मार्चमा निगमलाई ५ बर्षको लागि ग्राउण्ड ह्याण्डलिड. सेवा दिने संझौता गरेको थियो र सो अवधि अझै साढे तीन बर्ष बाँकी नै छ ।
निगमका कर्मचारीहरुले मन्त्री श्रेष्ठ र नेकपा समाजवादीका अध्यक्ष नेपालको यो कदमको विरोध गरेका छन् ।


















