काठमाडौं, १४ असोज । भारतीय नेशनल कांग्रेसको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
मनोनयन दर्ताको अन्तिम दिन शुक्रबार शशी थरूर, केएन त्रिपाठी र मल्लिकार्जुन खडगेले उम्मेदवारी दर्ता गराउनुभएको हो।
राजस्थानका मुख्यमन्त्री अशोल गहलोत र सम्भावित उम्मेदवार रहनुभएका दिग्विजय सिंहले पनि उम्मेदवारी दर्ता गराउनुभएन ।
सिंहले खड्गेलाई समर्थन गर्ने जनाउनुभएको छ ।
भारतीय कांग्रेसको अध्यक्ष पदका लागि आगामी १७ अक्टोबरमा निर्वाचन हुँदैछ । त्यसका लागि २४ सेप्टेम्बरदेखि सुरु मनोनयन दर्ताको प्रक्रिया शुक्रबार सकिएको छ ।
अब ८ अक्टोबरसम्म कसैले मनोनय फिर्ता लिने समय दिइएको छ भने सोही दिन अपराह्न ५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ ।


















