Prakash Adhikari October 20, 2022

पोखरा(कास्की), ३ कात्तिक । नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन भएको छ ।

२८ असोजमा औपचारिक उद्घाटन भएर एक सातासम्म गण्डकीका विभिन्न जिल्लामा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक १ सय ७२ स्वर्ण सहित कूल ३ सय ७१ पदक जित्यो । आर्मीले १ सय९ रजत र ८९ कांस्य जित्यो ।

पहिलो पटक राष्ट्रिय खेलकुदको विजेताले पाउने ट्रफी सुन र चाँदी समावेश गरेर बनाइएको थियो । १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त ट्रफी उचाल्ने आर्मी पहिलो टिम बन्यो ।

यो ट्रफीलाई सात प्रदेश, तीन वटै विभागीय टिमको मुख्यालयसहित विश्व सम्पदामा सूचीकृत भएका स्वयम्भू, बसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायर, लुम्बिनी सँगै जनकपुरधाम र चन्द्रागिरिमामा पुर्‍याइएको थियो ।

सायद 'नवा खेलकुद 2૦૭५ पोसरा, गण्डकी प्रदेश TEAM MEDAL TABLE NEPAL ARMY TOTAL 172 NEPAL A.P.F CLUB 110 89 65 371 NEPAL POLICE CLUB 72 82 61 219 GANDAKI PRADESH 60 73 194 32 31 57 BAGMATI PRADESH PRADESH NO. 1 24 120 47 74 10 145 23 SUDURPASCHIM PRADESH 50 NRNA 10 83 10 43 63 10 LUMBINI PRADESH 9 7 6 26 MADESH PRADESH 22 40 5 68 KARNALI PRADESH 8 26 39 2 4 12 18' भन्ने पाठ को तस्बिर हुनसक्छ

प्रतियोगितामा एपीएफ विभागीय टोली दोस्रो बन्यो । एपीएफले ६४ स्वर्ण ७३ रजत र ८१ कास्यसहित १ सय ९५ पदक जित्यो । प्रतियोगिताको अन्तिम स्पर्धाको रुपमा रहेको पुरुष फुटबलको स्वर्ण पदक समेत एपीएफले जित्यो ।

प्रतियोगितामा तेस्रो स्थान नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबले ओगट्यो । उसले ६१ स्वर्ण ६१ रजत र ७३ कांस्यसहित कूल १ सय २० पदक जितेको थियो ।

प्रदेशतर्फ आयोजक गण्डकी अगाडि रह्यो । ३२ स्वर्ण ३१ रजत र ५७ कांस्यसहित १ सय २० पदक जितेर गण्डकी चौथो भयो ।

बागमती २४ स्वर्ण ४७ रजत र ७४ कांस्यसहित १ सय ४५ पदक जितेर बागमती प्रदेश पाँचौ भयो ।

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कांस्यसहित ८३ पदक जितेर छैटौं भयो । सुदूरपश्चिम प्रदेश १० स्वर्ण १० रजत र ४३ कांस्यसहित ६३ पदक जितेर सातौं भयो ।

एनआरएनएले १० स्वर्ण ९ रजत र ७ कांस्यसहित २६ स्वर्ण जितेर आठौं भयो ।

लुम्बिनी प्रदेशले ६ स्वर्ण २२ रजत र ४० कास्यसहित ६८ पदक जितेर नवौं भयो भने मधेश प्रदेश ५ स्वर्ण ८ रजत र २६ कांस्यसहित ३९ पदक जितेर दशौं भयो ।
अन्तिम स्थानमा रहेको र दशौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कांस्यसहित १८ पदक मात्र जित्यो ।

शुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिस्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २ । २ स्वर्ण पदक र स्क्वास र सफ्ट टेनिसमा एक(एक स्वर्ण पदकको खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताउनुभयो ।

प्रतियोगिताका अधिकांश खेल गण्डकी प्रदेशका ८ जिल्लामा भएको थियो भने सुटिङ र पुरुष क्रिकेट काठमाडौंमा भएको थियो ।

Share Now

Leave a comment.