काठमाडौं, चैत्र । एसियाली फुटबल महासंघ (एएफसी) र अन्तराष्टिय फूटबल महासंघ(फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न निर्देशन दिएको छ ।
मकवानपुर र भक्तपुर जिल्ला फुटबल संघले आफूहरुलाई केन्द्रिय चुनावमा सहभागी हुनबाट बञ्चित गराएको भन्दै एन्फाविरुद्ध ललितपुर उच्च अदालतमा रिट दायर गरेपछि अदालतले यहि चैत्र १४ गते हुने भनिएको एन्फाको केन्द्रिय निर्वाचन तत्कालका लागि नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
एएफसी र फिफाले एन्फालाई पत्र लेख्दै एन्फाको केन्द्रिय निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न निर्देशन दिएको हो ।
एन्फाको नेतृत्व लिन पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र मणि कुँवर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
अब एन्फालाई मकवानपुर र भक्तपुर जिल्ला फुटबल संघ दुवै पक्षबीचको विवाद मिलाएर एन्फाको निर्वाचन तोकिएकै मितिमा गर्नुपर्ने भएको छ ।