
जावलाखेल(ललितपुर), २१ मंसिर । बुध्द एयरले पौष १ गतेदेखि काठमाडौं सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्न लागेको छ।
अहिले बुध्द एयरले काठमाडौं सुर्खेत उडान एटीआर- ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ ।
काठमाडौं-सुर्खेत उडान एटीआर-७२ जहाजबाट हुने भएपछि टिकटको मूल्य पनि सस्तो हुने भएको छ ।
हाल एटीआर-४२ विमानले काठमाडौं-सुर्खेत उडानमा न्यूनतम १० हजार ९ सय ९५ रुपैयाँ लिँदै आएको छ । एटीआर ७२ विमानले ७ हजार रुपैयाँ लिने भएको छ ।
यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुध्द एयरले यस गन्तव्यमा पनि एटिआर ७२ जहाजबाट उडान भर्न लागेको जनाएको छ ।
हाल सञ्चालनमा रहेको एटीआर – ४२ उडान बाट यात्रुहरुको माग भन्दा सिट संख्या कम उपलब्ध रहेको तथ्यलाई आत्मसात गर्दै एटीआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको बुध्द एयरको जानकारी दिएको छ ।
‘सानो जहाजको सञ्चालन खर्च उच्च हुने भएकोले भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको थियो ।
After a successful test flight of ATR-72 on the runway of Surkhet, we are anticipating optimistic reports to permit us to fly ATR-72 from January 2023. We expect the carrier to be much more economical for our passengers.#BuddhaAir #TrustedFlying #Flywithus pic.twitter.com/9sMK0LOofP
— Buddha Air (@AirBuddha) November 17, 2022
एटीआर ७२ बाट उडान गर्दा यात्रु सिट संख्या बढी हुने र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभ यात्रुहरुले पाउनेछन् । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछन् ।
आगामी पौष १ गतेदेखि दैनिक बिहान १०ः०० बजे काठमाडौँबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौँको उडान तालिका निर्धारण गरिएको बुध्द एयरले जानकारी दिएको छ।