विराटनगर(मोररड.), ३० पौष । प्रदेश नं १ को प्रदेश सभा उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित हुनुभएको छ ।
शनिबार प्रदेशसभाको बैठकबाट उहाँ निर्वाचित हुनुभएको हो । सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।
प्रदेश सभामा उपसभामुख निर्वाचनका लागि आज भएको मत विभाजनमा दनुवारको पक्षमा ५७ मत खसेको थियो ।विपक्षमा ३३ मत खसको थियो ।
आजको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान हुँदा पक्षमा ३३ र विपक्षमा ५७ मत खसेको थियो ।
सत्तागठबन्धनमा रहेका दलहरू नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको ६० सांसदमध्ये ५७ जनाले दनुवारको पक्षमा मतदान गर्दा सभामुख बाबुराम गौतम तटस्थ बस्नुभएको थियो ।
एमालेका दुई सांसद मत विभाजनका क्रममा उपस्थित थिएनन्


















