Prakash Adhikari January 20, 2023
वीरेन्द्रनगर(सुर्खेत), ६ माघ  गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैठौं बैठकमा शर्माले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा गत पुस २७ गते नेकपा (माओवादी केन्द्र)का नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

शुक्रबार शर्माले संविधानको धारा १६८ को उपधारा २ र ४ बमोजिम विश्वासको मत पाउँ भनी राख्नुभएको प्रस्तावमा बहुमत सांसदको समर्थन प्राप्त गर्नुभएको हो ।

शर्माको पक्षमा एमालेका १०, माओवादी केन्द्र १३, राष्ट्रिय प्रजातन्त्र पार्टी एक, नेकपा एकीकृत समाजवादी एक र एक स्वतन्त्रसहित २५ जना सांसदले मतदान गर्नुभएको थियो ।

Share Now

Leave a comment.