Prakash Adhikari February 13, 2023

कीर्तिपुर(काठमाडौं), १ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी)को आयोजनामा भैरहेका लिग २ अन्तरगत भोलिदेखि काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा त्रिदेशीय एक दिवसीय क्रिकेट खेल हुने भएको छ ।

प्रतियोगिताका लागि नामिबिया र स्कटल्याण्डको टिम नेपाल आइसकेको छ । प्रतियोगितामा सहभागी बन्ने तीन वटै टिम आजसम्म अभ्यास खेलमा व्यस्त रहेका छन् ।

घरेलु टोली नेपालले यस प्रतियोगिताको लागि अन्तिम १४ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

यो श्रृखला नेपालका लागि गर या मरको स्थितिमा रहेको छ । एक दिवसीय मान्यता प्राप्त नेपाल लिग २ का ३६ खेल मध्ये २४ खेल खेलिसकेको छ र उसले १८ अंक हासिल गरेको छ । नेपाल सात देशमा छैठौं स्थानमा रहेको छ ।

हालसम्म ३२ खेल खेलेको स्कटल्याण्ड ४६ अंक सहित शीर्षमा रहेको छ । उसले अझै ४ खेल खेल्न पाउछ । उसको शीर्षस्थानलाई अरुलाई चुनौती दिन सक्ने देखिदैन । टिमका हिसाबले ऊ अब्बल नै मानिन्छ ।


Points table

Pos Team Pld W L T NR Pts NRR Qualification
1  Scotland (Q) 32 22 8 0 2 46 0.638 Qualification for the 2023 Cricket World Cup Qualifier
2  Oman 36 21 13 1 1 44 0.039
3  Namibia 30 18 11 0 1 37 0.484
4  United States (A) 36 16 17 2 1 35 −0.040 Qualification for the 2023 ICC Cricket World Cup Qualifier Play-off
5  United Arab Emirates 26 12 11 1 2 27 0.051
6    Nepal 24 8 14 1 1 18 −0.331
7  Papua New Guinea (A) 28 2 25 1 0 5 −0.982
Updated to match(es) played on 8 December 2022. Source: ESPN Cricinfo[37]
(A) Advances to a further round; (Q) Qualified for the phase indicated


दोस्रो स्थानमा रहेको ओमानले ३६ खेलबाट ४४ अंक हासिल गरेको छ । नेपालले ओमान सरह बन्न अबका १२ खेलबाट २६ अंक जोड्नु पर्दछ । जुन असंभव जस्तै छ ।

तेस्रो स्थानमा ३० खेलमा १८ जित र एक रद्दको अंक बाँडेर ३७ अंक हासिल गरेको नामिबिया छ । नेपालले नामिबियाको समान पुग्न हालको स्थितिमा १२ मा १० खेल जित्नु पर्दछ । ६ खेलमा नामिबियाले केही खेल जितेमा नामिबियाको समकक्षमा पुग्ने नेपाली सपना पनि अधुरो रहन सक्छ ।

लिग २ मा रहेका शीर्ष ३ टोली सन २०२३ मा हुने विश्व कप प्रतियोगितामा क्वालिफायरमा सहभागिता जनाउन पाउने छन् भने चौथोदेखि सातौं स्थानमा रहने चार टिमले आइसीसी विश्वकप क्वालिफायर प्ले अफमा जानु पर्नेछ ।

विश्वकप सहभागिताको लागि नेपालका लागि घरेलु क्रिकेट मैदानमा भोलिदेखि हुने प्रतियोगितासहित बाँकी सबै खेलहरु अत्यन्तै महत्वपूर्ण रहेका छन् ।

चौथो स्थानमा रहेका अमेरिकाले ३६ वटै खेल सकेर ३५ अंक हासिल गरेर चौथौ स्थान सुरक्षित गरेको छ । २६ खेल मात्र खेलेको युनाइटेड अरब इमिरेट्सले २७ अंक हासिल गरी पाँचौ स्थान ओगटेको छ । नेपालभन्दा पछि रहेको पपुवा न्यु गिनीले २८ खेलमा ५ अंक जुटाएको छ ।

नेपाली टिम विश्वस्त

यस पटक घरेलु क्रिकेट मैदानमा आफ्ना खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेर श्रृखला जित्ने दावी नेपाल क्रिकेट संघका पदाधिकारीहरुले गरेका छन् ।

Image

नेपाली क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले नेपाली खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा गरेको प्रदर्शन र खेलाडीको शारीरिक तन्दुरुस्तीको आधारमा खेलाडी चयन गरिएकोले यसपटक राम्रो नतिजाको अपेक्षा गरिएको बताए ।

नेपालले यसपटक कप्तान रोहित पौडेलको नेतृत्वमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङलाई अन्तिम १४ मा समावेश गरेको छ भने आरिफ शेख, प्रतिश जी.सी. मौसम ढकाल र अर्जुन साउदलाई वैकल्पिक खेलाडीको रुपमा राखेको छ ।

आरिफ नेपालका ओडिआई क्रिकेटका भरपर्दा ब्याटर आरिफ शेखलाई ज्वरो आएकोले उनलाई वैकल्पिकमा राखिएको छ । ३२ ओडिआई खेलमा ४ अर्धशतकसहित ५ सय ८२ रन जोडेका आरिफ मध्य गतिका बलरको भूमिकामा पनि देखा पर्दछन् ।आरिफ फिट भनएकोले नेपालले भीम सार्कीलाई मौका दिएको छ ।आरिफको स्थानमा भीमसँगै कुशल मल्ल र सन्दीप जोरा मध्य एकले मौका पाउनेछन् ।

नेपालले सन्दीप लामिछानेलाई पनि मौका दिएको छ । सन्दीपको फिटनेश अवस्था ठिक भएको बताए । त्यस्तै बायाँ हाते स्पिनर सूर्य तामाङ पहिलो पटक टोलीमा परेका छन् ।


TOMORROW, 9:00 AM

121st Match, Kirtipur, February 14, 2023, ICC Men’s Cricket World Cup League 2

NEPAL Flag

NEPAL

NAM Flag

NAM

Match yet to begin

WED, 15 FEB, 9:00 AM

122nd Match, Kirtipur, February 15, 2023, ICC Men’s Cricket World Cup League 2

NAM Flag

NAM

SCOT Flag

SCOT

Match yet to begin

FRI, 17 FEB, 9:00 AM

123rd Match, Kirtipur, February 17, 2023, ICC Men’s Cricket World Cup League 2

NEPAL Flag

NEPAL

SCOT Flag

SCOT

Match yet to begin

SAT, 18 FEB, 9:00 AM

124th Match, Kirtipur, February 18, 2023, ICC Men’s Cricket World Cup League 2

NEPAL Flag

NEPAL

NAM Flag

NAM

Match yet to begin

MON, 20 FEB, 9:00 AM

125th Match, Kirtipur, February 20, 2023, ICC Men’s Cricket World Cup League 2

NAM Flag

NAM

SCOT Flag

SCOT

Match yet to begin

TUES, 21 FEB, 9:00 AM

126th Match, Kirtipur, February 21, 2023, ICC Men’s Cricket World Cup League 2

NEPAL Flag

NEPAL

SCOT Flag

SCOT

Match yet to begin


Share Now

Leave a comment.