Prakash Adhikari February 13, 2023

 

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य डा.प्रकाश शरण महतले सरकारले फागुन १ लाई जनयुद्ध दिवस भनेर सार्वजनिक बिदा दिएकोमा असन्तुष्टी जनाउनुभएको छ ।

उहाँले सोमबार फेसबुकमा स्टाटस लेख्दै यस्तो असन्तुष्टि जनाउनु भएको हो ।

उहाँले राष्ट्रिय जीवनका महत्वपूर्ण पक्षहरुबीच सहमति नभई हतारमा राष्ट्रिय दिवस घोषणा गर्ने परम्पराले राष्ट्रिय दिवसको महत्व हलुका गर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा आफ्नो दृष्टिकोण राख्दै कांग्रेस प्रवक्ता डा.महतले भन्नुभएको छ,” जनयुद्ध दिवस भनेर माओवादीले पार्टी तहमा आफ्नैढंगले मनाउनु छुट्टै कुरा हो । राष्ट्रिय दिवसको रुपमा मान्यता दिनकालागि राष्ट्रिय जीवनका महत्वपूर्ण पक्षहरुबीच छलफल भई अधिकांश पक्षहरुले आत्मसात गरेको हुनुपर्दछ । सरकारको यो निर्णय यसो नगरी हतारमा गरेको देखिन्छ । यसले राष्ट्रिय दिवसको महत्वलाई हलुका गर्दछ ।”

Share Now

Leave a comment.