Prakash Adhikari March 30, 2018

 

काठमाडौं, १६ चैत्र । संस्कृति, पर्यटन तथन नगरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आफूले एक सय दिनमा गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

आफ्नो १०० दिने कार्ययोजना शुक्रबार सार्वजनिक गर्दै मन्त्री अधिकारीले तीन महिनाभित्र आन्तरिक उडानका लागि थप ६ वटा ट्रवीनओटर विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने बताएका छन् ।

हाल निगमको वेडामा रहेका तर पाइलट अभावमा थन्किएका ६ वटा चाइनिज सहित ८ वटा जहाज मध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेको दावी गरे ।

मन्त्री अधिकारीले देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम् सदुपयोग गर्न आन्तरिक उडानको भार कम गर्न क्षेत्रीय केन्द्रमुखी उडान योजना कार्यान्वयन गर्ने र रातको समय पनि अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको उपयोग गर्ने नीति र कार्यक्रम सार्वजनिक गरेका छन् ।

अन्तर्राष्ट्रिय आगमनका यात्रुहरुले बढीमा एक घण्टाभित्र ब्यागेज पाउने व्यवस्था मिलाउने र अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुहरुको सुविधाका लागि सेन्ट्रल एसी सिस्टम सन्चालनमा ल्याउने योजना पनि बनाइएको छ ।

डोमेस्टिक टर्मिनलमा पनि एसीको व्यवस्था मिलाउने कार्ययोजनामा उल्लेख छ ।

मधुमासका कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://drive.google.com/open?id=1CUil5l9kDNECf4ESsUTavtQ14RNc_EDA

 

Share Now

Leave a comment.