Prakash Adhikari March 31, 2018

 

धनगढी(कैलाली), १७ चैत्र ।नेपालको क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता मानिएको धनगढी प्रिमियर लिग (डीपीएल)को दोस्रो संस्करण आजदेखि धनगढीमा आरम्भ हुँदैछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट आयोजनाको मान्यता पाईसकेको डीपीएलमा सहभागी ६ वटै टीमले आआफ्नो टीममा दुईजना बिदेशी खेलाडीहरु भित्र्याएका छन् ।

पहिलो सिजन खेलेको कन्चंपुर आईकनिक बाहेक अन्य टोली भने दोस्रो सिजनमा यथावात रहेका छन् । कन्चनपुरलाई भने महेन्द्रनगर युनाईटेडले प्रतिस्थापन गरेको हो ।

दोश्रो संस्करणको लागि प्रत्येक टोलीले रणनीतिक खेलाडीहरुको घोषणा गरेका थिए जसमा सीवाईसी अत्तरियाले बाहेक अन्य टिमहरुले उनै रणनीतिक खेलाडीहरुलाई नै कप्तानीको जिम्मेवारी दिएका छन् ।

सीवाईसी अत्तरियाले भने रणनीतिक खेलाडी दिपेन्द्रसिंह ऐरीको स्थानमा सुबाश खकुरेललाई कप्तानिको जिम्मा दिएको छ । खकुरेललाई अत्तरियाले अक्सन मार्फत रु ८०,००० रुपैयाँमा अनुबन्धन गरेको थियो ।

सन् २०१७ को डिसेम्बरमा आयोजित एभरेष्ट प्रिमियर लिगको दोस्रो सिजनमा दिपेन्द्रसिंह ऐरीले चितवन टाइगर्सको कप्तानी गरेका थिए ।

धनगढीको सेती अंचल प्रहरी कार्यालयको मैदानमा आयोजना हुने प्रतियोगिताको सबै तयार पूरा भएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबाश शाहीले  बताएका छन् ।

प्रतियोगिताका लागि ब्याटिंग पिच पनि निर्माण गरिएको छ । दुई महिना पहिलेदेखि भारतका दुई जना र नेपालका अनुभवी  क्युरेटर अजय पाण्डेको निरीक्षणमा पिच निर्माण गरिएको छ ।

दर्शकहरुको सुविधानको लागि प्याराफिट निर्माण गरिएको छ । पहिलो संस्करणमा ३ हजार जनाको मात्र क्षमता भएकोमा यो पालि ७ हजार दर्शक अट्ने प्याराफिट विस्तार गरिएको छ । साथै मैदानमा एल।ई।डी टिभीको समेत ब्यबस्था गरिएको छ जसको मद्दतले खेल लाइभ तथा रिप्ले समेत हेर्न सकिने छ ।

आयोजकले शुक्रबार खेलको ट्र्फी पनि सार्वजनिक गरिसकेका छन् ।

प्रतियोगिताको बिजेताले २५ लाख पुरस्कार रकम प्राप्त गर्ने छन् भने उपविजेताले १० लाख, तेस्रो हुने टोलीले ३ लाख र दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छन् । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार नगद पाउनेछन् ।

उद्घाटन खेल धनगढी र काठमाडौंबीच

 

प्रतियोगिताको उद्घाटन खेलमा टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्स् प्रतिस्पर्धामा उत्रिनेछन् ।

राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्समा भारतीय मुलका विकेटकिपर ब्याट्सम्यान जयकिसन कोल्सावाला र अलराउन्डर सन्नी पटेल बिदेशी खेलाडीहरु रहेका छन् ।

दुवै बिदेशी खेलाडीले सन् २०१७ को डिसेम्बरमा काठमाडौंमा आयोजित एभरेष्ट प्रिमियर लिगमा मल्लकै कप्तानीमा रहेको टोलि ललितपुर प्याट्रीयट्सबाट खेलेका थिए ।

युवा तथा अनुभवी खेलाडीको मिश्रण रहेको गोल्डेन्सले पहिलो खेलमा आज दिउँसो चौराहको सामना गर्नेछ ।

प्रतियोगिताको साबिक बिजेता टिम चौराह धनगढीको कप्तानी को जिम्मेवारी यसपटक सोमपाल कामीलाई दिइएको छ ।

पहिलो संस्करणमा धनगढीको कप्तानी गरेका पारस खड्का यसपटक बिराटनगर किंग्सको टीमबाट खेल्दैछन् ।

डिपिएलका कप्तान र खेलाडी :

टिम चौराह धनगढी :

सोमपाल कामी (कप्तान)
राजेश पुलामी मगर
आशु कन्दोई
विजय राना
योगेन्द्रसिंह कार्की
ललित भण्डारी
सोनु तामांग
शंकर राना
रबिन्द्रजंग साही
मोहम्मद संसद शेख
सुनिल धमला
महेश अधिकारि
राजु रिजाल
रोहन मुस्तफा (युएई)
पुनित मिश्रा (भारत)

रुपन्देही च्यालेंजर्स :

शक्ति गौचन (कप्तान)
जितेन्द्र मुखिया
सागर पुन
प्रदिप ऐरी
प्रकाश जैसी
कुशल मल्ल
बिपिन खत्री
बिक्रम कुमार भुषाल
मोहम्मद सोनु अन्सारी
सुशन भारी
सिद्धान्त लोहनी
अमरसिंह रौटेला
दिपेश श्रेष्ठ
दिपक प्रसाद (भारत)
सुफ्यान मेहमुद (ओमान)

महेन्द्रनगर युनाइटेड :

बिनोद भण्डारी (कप्तान)
करन केसी
अभिनास कर्ण
मोहम्मद आरिफ शेख
नारायण जोसी
प्रनित थापा मगर
हरि शंकर साह
अरुण ऐरी
भुवन कार्की
मोहम्मद आशिफ शेख
रोहित कुमार पौडेल
रोबिन क्षेत्रि
दिपेन्द्र चन्द
पुनित बिष्ट (भारत)
पुनित मेहरा (भारत)
काठमाडौं गोल्डेन्स :

ज्ञानेन्द्र मल्ल (कप्तान)
नरेश बुढाएर
बिक्रम ठगुन्ना
ललित राजबंशी
अमित श्रेष्ठ
सन्तोष भट्ट
किशोर महत्तो
राशिद खान
संजय श्रेष्ठ
शाहब आलम
पुस्प थापा
भुपेन्द्र थापा
संजय बस्नेत
जयकिसन कोल्सावाला (भारत)
सन्नी पटेल (भारत)

सिवाइसी अत्तरिया :

सुबाश खकुरेल (कप्तान)
दिपेन्द्रसिंह ऐरी
सागर भण्डारी
प्रेम तामांग
सन्दीप जोहरा
कुशल भुर्तेल
कृष्ण कार्की
कमलसिंह ऐरी
बिनोद लामा
सुवान्कर उराओ
भुवन केसी
आकाश थापा
रोमन बम
गौरभ चित्कर (भारत)
बिपिन चन्द (भारत)
बिराटनगर किंग्स :

पारस खड्का (कप्तान)
बसन्त रेग्मी
पृथु बाँस्कोटा
सुबोध अएर
पवन सर्राफ
रामनरेश गीरी
सौरभ खनाल
पुरन बि.क
अभिनास बोहोरा
दिलिप नाथ
अनिल कुमार साह
मन्जित श्रेष्ठ
फिर्तोष अन्सारी
बाबर हयात (हंगकंग)
सुभम कामत (भारत)

Share Now

Leave a comment.