Prakash Adhikari April 1, 2018

काठमाडौं, १८ चैत्र । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वेतपत्र जारी गरेपछि आज पहिलो पटक शेयर बजार खुल्दैछ ।

अर्थमन्त्री मन्त्री खतिवडाले शुक्रबार श्वेतपत्र जारी गरेका थिए । शुक्रबार शेयर कारोबार नहुने भएकोले अर्थमन्त्रीप्रति नेपालको पूँजीबजारको मानक मानिएको शेयरबजारले आजमात्र प्रतिक्रिया जनाउने छ ।

श्वेतपत्रमा अर्थमन्त्री डा. खतिवडाले बर्तमान सरकारले सत्ता सम्हाल्दा मुलुकको अर्थतन्त्र कुन अवस्थामा थियो र अब कसरी अघि बढ्छ भन्ने बिषय उल्लेख गरेका छन् ।

श्वेतपत्रमा मन्त्री खतिवडाले पुंजीबजारबारे मुख्यत ५ कुरा उल्लेख गरेका छन् ।

३. वित्तीय क्षेत्रको पुँजी परिचालन आर्थिक बृद्धिसंग जोडिन सकेको छैन् : औद्योगिक तथा पूर्वाधार विस्तारमा निजी लगानी उत्साहप्रद ढङ्गले बढ्न सकेको छैन।विभिन्न समयमा गरिएक लगानी सम्मेलन तथा पूर्वाधार सम्मेलनमा घोषणा गररएका लगानी यथार्थमा परिणत हुनसकेका छैनन। आन्तरिक पुँजी बजार सबल र भरोसायोग्य भइसकेको छैन। औद्योगिक पुँजी वित्तीय र व्यापारिक लगानीतर्फ उन्मुख भएको छ।

४. पूजी निर्माणका क्रियाकलापहरु सुस्त छन् : निजी तथा सरकारी दुवै क्षेत्रमा पूँजी निर्माणले अपेक्षित गति लिएको छैन। विकास आयोजना कार्यान्वयनको गति निकै धीमा छ। अपवाद बाहेक सबैजसो पूर्वाधार आयोजनाहरू निर्धारित समय र लगानीमा सम्पन्न हुन सकेका छैनन् ।

३२. नेपालको पुँजीबजार सतही रहनुको साथै दायरा संकुचित छ :  पुँजी बजारमा हाल २०८ कम्पनीहरू सूचीकृत रहेतापति तीमध्ये ७५ प्रतिशत वित्तीय संस्थाहरू छन।पुँजीबजारको कुल कारोबारमा वित्तीय संस्थाहरुको अंश ८१ प्रतिशत रहेको छ। त्सैगरी जलविद्युत क्षेत्रको कारोबारको अंश ५ प्रतिशत, उद्योगको ३ प्रतिशत र होटलको २ प्रतिशत मात्र रहेको छ। यसले पुँजी बजारमा उत्पादन क्षेत्रका कम्पनीहरूको उपस्थिति ज्यादै न्यून रहेको तथ्य उजागर गर्दछ। अर्थात स्रोत साधन परिचालन गर्न पूँजी बजार सशक्त माध्यम भएतापनि यस्तोबजार हाल धितोपत्रमा मात्र सीमित रहेको छ। पुँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न सकिएको छैन। समग्रमा, पुँजी बजार मार्फत ठूलो परिणामको थप लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको छ ।

३३. पुँजी बजार कारोवारको मूल्य दर्शाउने नेप्से सूचकाङ्क अस्थीर छ : संस्थागत लगानीकर्ताको न्यूनता र पुँजी बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र शेयर निष्कासन तथा आर्पूितमा भएको बृद्धिले अहिले शेयर मूल्य प्रभावित भएको छ । पुँजी बजार कारोवारमा यथाथत सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा लगानीकर्ताहरु र खासगरी साना लगानीकर्ताहरका शेयर लगानी सम्बन्धी ज्ञानको कमीले शेयर मूल्य मापन गने नेप्से सूचकाङ्कमा उच्चदरको उतार चढाव आउनेगरेको छ।

८८. वित्तीय क्षेत्रमा सुशासन र स्थायित्व कायम गर्दै वित्तीय साधनलाई उत्पादनमुखी बनाउने र सेवाको गुणस्तर अभिबृद्धि गर्नेतर्फ जोड दिइनेछ। समग्र वित्तीय नीति मार्फत मुद्रा तथा पुँजी बजारको स्थायित्व र समावेशी विकासमा जोड दिइनेछ ।

Share Now

Leave a comment.