धनगढी(कैलाली),१८ चैत्र । धनगढी प्रिमियर लिग अन्तर्गत आइतबारको दोश्रो खेलमा महेन्द्रनगर युनाइटेडले बिराटनगर किंग्सलाई ३३ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिंग गरेको महेन्द्रनगरले २० ओभरमा ५ विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको थियो । उसको लागि कप्तान बिनोद भण्डारीले ३५ रन बनाउनेक्रममा मात्र २९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै पहिलो विकेटको लागि आसिफ शेख (९) सँग मिलेर ५० रनको साझेदारी गरेका थिए ।
यस्तै पुनित बिस्टले २४ रन (१४ बल, १ चौका, १ छक्का), आरिफ शेखले २० रन (१५ बल, ३ चौका) र हरिशंकर शाहले १९ रन बनाउँदा पुनित मेहराले अन्तिम ओभरमा बसन्त रेग्मीलाई २ चौका र समान छक्का प्रहार गर्दै ३८ रनमा अविजित रहे । रोहित कुमार पौडेल ९ रनमा अविजित रहे ।
बिराटनगर किंग्सका मन्जित श्रेष्ठले ३० रन खर्चेर २ विकेट लिँदा पारस खड्का र शुभम कामतले १र१ विकेट लिए ।
जवाफमा १६९ रनको लक्ष्य पछ्याएको बिराटनगर किंग्सले पृथु बास्कोटाले ३५ रन (३९ बल, २ चौका, १ छक्का) र बाबर हयातले आक्रामक ३२ रन (१० बल, २ चौका, ४ छक्का) बनाएपनि १९ ओभरमा सबै विकेट गुमाउंदै मात्र १३५ रनमा समेटियो र ३३ रनले पराजित भयो ।
खेलमा अनिल कुमार शाहले २३ रन, पारस खड्काले १६ र दिलिप नाथले १० रन बनाएका थिए ।
महेन्द्रनगर युनाइटेडलाई जित दिलाउन उसका अविनाश कर्णले २२ रन खर्चेर ३ विकेट, पुनित मेहरा, भुवन कार्की र रोबीन छेत्रीले समान २र२ विकेट तथा हरिशंकर शाहले १ विकेट लिएका थिए ।
खेलमा उत्कृस्ट आक्रामक ब्याटिंग गर्दै अविजित ३८ रन तथा बलिंग तर्फ २ विकेट लिएका महेन्द्रनगरका भारतीय खेलाडी पुनित मेहरा ‘म्यान अफ द म्याच’ घोषित भए ।