• आशा खबर
  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापन
  • सम्पर्क
  • Unicode Converter
Aasha News
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य खबर
    • राजनीति
    • स्वास्थ्य
    • खेल
    • निगरानी
    • न्यायिक
    • प्रवास
    • पर्यटन
    • स्वास्थ्य
    • शिक्षा
    • दुर्घटना
    • अपराध
    • मनोरञ्जन/साहित्य
    • विविध
    • प्रदेश, जिल्ला र पालिका समाचार
    • मुख्य खबर
    • राजनीति
    • रोजगारी
    • आशा भिडियो च्यानल
  • विश्व
  • आर्थिक
  • दृष्टिकोण
  • मनोरञ्जन/साहित्य
  • रोचक
  • खेल
  • English

You are here:

  • Home
  • मुख्य खबर
  • ढल्यो एमालेको लुम्बिनी प्रदेश सरकार, विश्वासको प्रस्तावको पक्षमा ३३, विपक्षमा ५३ मत

ढल्यो एमालेको लुम्बिनी प्रदेश सरकार, विश्वासको प्रस्तावको पक्षमा ३३, विपक्षमा ५३ मत

Prakash Adhikari April 24, 2023

देउखुरी(दाड), ११ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल हुनुभएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावमा आवश्यक मत पाउन सक्नुभएन । सरकार निरन्तरताका लागि पाउनुपर्ने ४४ मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गर्नुभएको छ । उहाँलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेशसभा सांसदले मात्रै मत दिएका थिए ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेशसभामा ८७ जना प्रदेशसभा सदस्य रहेका छन् । नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले विश्वासको मत माग्नुभएको हो । मत विभाजनपछि सभामुख तुलाराम घर्तीले मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसकेको संसद्लाई जानकारी गराउनुभयो ।

प्रदेशसभामा नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी चार, जसपा, लोसपा, जनमत तीन÷तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी एक÷एक, स्वतन्त्र एक गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले सङ्घीयता कार्यान्वयनका लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालको सय दिनको अवधिमा लुम्बिनी प्रदेश सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्वयनका लागि थप आधार पनि निर्माण गरेकोसमेत बताउनुभयो । मुख्यमन्त्री गिरीले समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मूल उद्देश्य पूरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको बताउनुभयो । उहाँ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका थिए । —

Share Now

Post navigation

सन्दर्भ लोकतन्त्र दिवस : ‘नेपाली लोकतन्त्र जय होस्’
अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित

Leave a comment.

You must be logged in to post a comment.

ताजा समाचार

  • चिलिमे जलविद्युत आयोजनाको सुरुड.मा एक्जाभेटरसहित प्रवेश गर्‍यो उद्धार टोली, खोजी कार्य तीव्र
  • एसीसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा
  • कांग्रेसका २४ केन्द्रीय नेताद्धारा १५औं महाधिवेशन स्थगित गरेर पार्टी एकताको वार्ता थाल्न अपिल
  • भिडियो मार्केटिङ प्लेटफर्म भिलद्वारा बाढी प्रभावितका लागि रु १ करोड सहयोग
  • शेयर बजारमा बढोत्तरी, धितोपत्र बजार परिसूचक २७.९४ अंक बढेर २५५९.४९ विन्दुमा

 

दृष्‍टिकोण

आम्दानी, ब्याज र खर्चको असन्तुलित चक्रमा नेपाली समाज

उद्धव सिलवाल काठमाडौँ, २५ भदौ (रासस): हाम्रो विद्यमान वित्तीय ढाँचामा सबैभन्दा ठूलो संरचनागत विडम्बना रहेको छ । ऋणको लागतले उसको आर्थिक हैसियतसँग उल्टो सम्बन्ध राख्ने गरेको छ । अर्थात्, जो […]

Prakash Adhikari September 10, 2026

भोटेकोशी बाढी जलवायुजन्य घटना हो: डा महेश्वर ढकाल, प्रमुख, जलवायु व्यवस्थापन महाशाखा, कृषि, वन तथा पर्यावरण मन्त्रालय

Prakash Adhikari September 9, 2026

रसुवा बाढी र विपद् व्यवस्थापन कूटनीतिक पहलको आवश्यकता

Prakash Adhikari September 9, 2026

हानिनोक्सानी कोषको सान्दर्भिकता तथा उपयोग: डा गणेशराज जोशी

Prakash Adhikari September 5, 2026

रोजगारी

सुसारेका रूपमा काम गर्न पहिलो खेपमा ८ सय ३६ नेपाली कामदार इजरायल जाँदै

काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा ८ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक […]

Prakash Adhikari July 17, 2026

श्रम तथा रोजगार क्षेत्रमा तीन अर्ब ६३ करोड बजेट विनियोजन

Prakash Adhikari May 30, 2026

श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय

Prakash Adhikari January 8, 2026

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

Prakash Adhikari November 28, 2025

Follow Us पेज लाइक गर्नुहोस

Tweets by AashaNews

विविध

विदेशी मुद्राको विनिमयदर: आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा

काठमाडौँ, २५ भदौः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ […]

Prakash Adhikari September 10, 2026

मधेस, कोशी, लुम्बिनी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

Prakash Adhikari September 9, 2026

विदेशी मुद्राको विनिमयदर: आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा

Prakash Adhikari September 9, 2026

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

Prakash Adhikari September 8, 2026

English

Mt. Everest (Sagarmatha) Day being marked today in Nepal with various programmes

Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]

Prakash Adhikari May 29, 2026

Record 274 climbers scale Everest via Nepal in one day

Prakash Adhikari May 24, 2026

Kanchha Sherpa, a member of first successful Everest expedition, passes away

Prakash Adhikari October 16, 2025

‘diamond jubilee of Mt Annapurna first ascent: Marathon to be organized at Annapurna base camp

Prakash Adhikari May 26, 2025

Adventure half marathon to be held in Kanchenjunga base camp

Prakash Adhikari February 17, 2025

The Soaltee Hotels & Resorts Expands Its International Presence in Frankfurt, Germany

Prakash Adhikari January 9, 2025

Follow Us पेज लाइक गर्नुहोस

Aasha News

आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यले
आशा मिडिया प्रा. लि. को स्थापना भएको हो ।

हाम्रो-टिम

  • संस्थापक अध्यक्ष : विश्वनाथ दाहाल
  • प्रधान सम्पादक : प्रकाश अधिकारी
  • कानुनी सल्लाहकार : विद्याकान्त अधिकारी

सम्पर्क ठेगाना

  • आशा मिडिया प्रा. लि. का लागि अध्यक्ष प्रकाश अधिकारी द्वारा प्रकाशित
  • +९७७ (०१) ४४२८१२८, ९८५११११२५३
  • info@aashanews.com
  • कामनपा – २६, सामाखुशी काठमाडौं ।

© २०१७, आशा मिडिया प्रा. लि. मा सुरक्षित. Regd No:712 -2074/75