हेटौडा(मकवानपुर), १४ जेठ । वागमती प्रदेशको नीति तथा कार्यक्रम आजको प्रदेशसभा बैठकमा प्रस्तुत गरिने भएको छ ।
वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार अपराह्न २ बजे बस्ने तय भएको प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हुनुभएको छ।
्
प्रदेशसभाको उक्त बैठकमा प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव पनि पारित गरिने वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्नुहुने छ।
सचिवालयका अनुसार टेबुल भएको नीति तथा कार्यक्रममाथि आगामी प्रदेशसभा बैठकमा छलफल हुनेछ।
यसअघि गत जेठ ९ गते बसेको प्रदेशसभाको बैठकदेश सरकारले सदनमा प्रस्तुत गरेको विनियोजित विधेयक २०८०।८१ को सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिएको थियो भने जेठ ११ गते उक्त सिद्धान्त र प्राथमिकतामाथिको छलफल गरिएको थियो।
वाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३८, नेकपा (एमाले( का २७, नेमा प्रकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना गरी १ सय १० जना सांसद् रहेका छन्।


















