Prakash Adhikari June 2, 2023

नयाँदिल्ली(भारत), १९ जेठ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ ।

सम्झौतामा नेपालबाट नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमानसिंह प्रधान र भारतका तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)का सीईओ रितेश शुक्लाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासँगै नेपाल र भारतबीच हुने कारोबारमा डिजिटल भुक्तानीको बाटो खुलेको छ । यसले साना भुक्तानीका लागि सहज भएको छ ।

दुई देशबीच सम्झौता भएसँगै अब नेपाल क्लियरिङ हाउस र एनपीसीआईमा यूपीआई इन्ट्रिग्रेसन हुनेछन् । नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंकको लगानी भएको संस्था हो भने यूपीआई भारतीय रिजर्ब बैंकको लगानी भएको संस्था हो ।

दुवै देशका पेमेन्ट स्विच एक-आपसमा इन्टिग्रेट भएपछि आबद्ध भएका बैंक तथा वित्तीय संस्थाले अन्दरदेशीय भुक्तानी गर्न सक्नेछन् । नेपालका लागि नेपाल क्लियरिङ हाउससँग आबद्ध रहेका बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणले भारतमा पनि क्यूआर तथा मोबाइल पेमेन्ट गर्न सक्नेछन् । भारतको यूपीआईसँग भारतका सबै बैंक आबद्ध भएकाले नेपालमा जुनसुकै बैंकमा अकाउन्ट भएका भारतीय नागरिकले क्यूआर तथा मोबाइल पेमेन्ट गर्न सक्नेछन् ।

भारतसँग अन्दरदेशीय क्यूआर भुक्तानीको बाटो खुल्दा यसले पर्यटनदेखि अन्य विभिन्न रुपमा पनि सहजता हुने देखिन्छ ।

Share Now

Leave a comment.