Prakash Adhikari June 24, 2023

 

हरारे(जिम्बाबे), ९ आषाढ । ब्याटिङ नचल्दा नेपालले आइसिसी विश्वकप छनोटमा सुपर सिक्समा पुग्न निर्णायक मानिएको खेलमा नेदरल्यान्ड्सलाई १ सय ६८ रनको मध्यम लक्ष्य दिएको छ ।

 

जिम्बावेको ताकाशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४।३ ओभरमा १ सय ६७ रनमा अल आउट भयो ।

 

 

नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए । अन्तिम विकेटको रुपमा आउट भएका सन्दीपले ३३ बलमा ४ चौकासहित २७ रन बनाए । खेलमा ओपनर कुशल भूर्तेलले २७,भीम सार्की, २२, गुल्शन झाले १५,दीपेन्द्रसिंह ऐरीले १४, कुशल मल्लले १२ र आरिफ शेखले ६ रन तथा करन के.सी.ले १ रन बनाए । आशिफ शेख खाता नखोली आउट भए ।

 

नेपाललाई रोक्न नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकले ९.३ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । बास डि लिडे र बिक्रमजित सिंहले समान २ ।२  विकेट लिए ।

 

नेपाललाई समूह ए बाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्न यस खेल जित्नै पर्ने हुन्छ । नेपाल पराजित भएको खण्डमा भने समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । नेपाल विजयी हुँदैमा सुपर सिक्समा पुग्न सक्दैन । उता नेदरल्यान्ड्स अन्तिम खेलमा सोमबार वेस्ट इन्डिजसँग पराजित पनि हुनुपर्छ ।

 

नेपाली ब्याटरहरु फ्लप भएको खेलमा भाग्यले साथ दिएमा चमत्कारपूर्ण तवरले नेपाली बलरहरुले खेल  आफ्नो पक्षमा पार्न सक्ने छन् ।

Share Now

Leave a comment.