Prakash Adhikari June 25, 2023

काठमाडौं, १० आषाढ । नेपालको शेयर बजार आज उच्च अंकले बढेको छ । कारोबार पनि झण्डै साढे ६ अर्ब पुगेको छ ।

आज धितो बजार परिसूचक  ६२.२१ अंकले बढेर २११७.७३ बिन्दु पुगेको छ।

आज  विभिन्न कम्पनीका २ सय ७५ थरीका १ करोड ४७ लाख ५१ हजार २ सय ४७ शेयरको खरिदबिक्रीबाट ६ अर्ब ४९ करोड ४ लाख १८ हजार ३ सय ७ रुपैया ८९ पैसा बराबरको कारोबार भएको थिाये । आज  १ सय ८९ थरीको  सेयरमूल्य बढेको छ भने ३२ को घटेको छ। साथै  चार थरी शेयरको  सेयरमूल्य स्थिर नै देखिएको छ।

आज नेपाल स्टक एकसचेञ्जमा सूचीकृत कम्पनीहरु मध्ये १३ वटै उपसमूहको उपपरिसूचक बढेका छन् ।

आज नेप्सेमा ४ कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ। लाइफइन्स्योरेन्स कर्पोरेशन (नेपाल(, हिमालयन लाइफ इन्स्योरेन्स, समलिङ पावर कम्पनी र एनएमबी ५० को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

सुभम् पावर कम्पनीको सेयर मूल्य भने सर्वाधिक ६.८१ प्रतिशतले घटेको छ।

आज शिवम् सिमेन्टको सर्वाधिक ४९ करोडको कारोबार भएको छ। त्यसैगरी सोल्टी होटलको ३८ करोड र हिमालयन डिस्टिलरीको २४ करोडको कारोबार भएको छ।

आज सिटि होटल, शिवम् सिमेन्ट र निफ्राको सेयर खरिद माग उच्च देखिएको थियो।

Share Now

Leave a comment.