Prakash Adhikari July 8, 2023

 

मुग्लिड.(चितवन), २३ आषाढ । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको  छ ।

 

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिनुभयो । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उहाँले बताउनुभयो ।

Share Now

Leave a comment.