Prakash Adhikari July 17, 2023

काठमाडौँ , १ साउन । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.९५ अंकले बढेर ४०४.१० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ७६ लाख ३४ हजार १९० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज १४ करोड ८६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स र साइन रेसुंगा डेभलपमेन्ट बैंकको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये १ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा बिपीडव्लु लघुवित्त वित्तीय संस्था र युनाइटेड अजोड इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, कुमारी धनवृद्धि योजना र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

Share Now

Leave a comment.