
काठमाडौं,९ श्रावण । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनुभएको छ।
गत साउन २ सोमबार निर्वाचनको पर्यबेक्षण गर्नका लागि कम्बोडिया जानुभएका एमाले अध्यक्ष ओली एक सातापछि स्वदेश फर्किनुभएको हो।
सोमबार राति स्वदेश फर्कनुभएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेललगायतका पार्टीका शिर्ष नेताहरुले स्वागत गर्नुभएको थियो।
कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यबेक्षण गर्न बिशेष अतिथिको रुपमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, राजन भट्टराईसहित सचिवालयका अन्य सदस्यहरू सो भ्रमण टोलीमा सहभागी हुनुहुन्थ्यो।
एक साता लामो कम्बोडिया बसाइका क्रममा उहाँले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसहित सरकारी उच्च अधिकारीसँग पनि भेट गर्नुभएको थियो।