
मुग्लिड.(चितवन), ९ श्रावण । चितवनको कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
मंगलबार बिहान इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।
पहिरो पन्छाउने काम भइरहेको जानकारी उहाँले दिनुभयो।
पण्डितले भन्नुभयो, “पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न सकिँदैन।”