Prakash Adhikari July 26, 2023

ब्राम्टन(क्यानडा), १० श्रावण । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको राम्रो बलिङमा सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडामा टोनोन्टो नेशनललाई २० रनले पराजित गरेको छ । यो सन्दीप सम्मिलित सर्रेको पहिलो जित हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ६ विकेट गुमाँउँदै १ सय ४१ रन बनायो । उसका लागि इफ्तिखार अहमदले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए । त्यस्तै जतिन्दर सिंह २१, एलेक्स हेल्स १६, लिटन दास २१ र म्याथ्यु फोर्डेले १९ रन बनाए ।

नेशनलका लागि स्पिनर साद बीन जाफरले सर्वाधिक दुई विकेट लिए । जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेशनलले निर्धारित १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनायो । उसका लागि कोलिन मुनरोले २७ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ४३ रन बनाए । मुनरो सन्दीपको बलमा बोल्ड आउट भए ।

शाहिद अफ्रिदीले २१ बलमा २ छक्कासहित २३ रन जोडे । जेजे स्मितले १५ बलमा ३ चौका र १ छक्कासहित २३ रन बनाए । सन्दीपले अर्मान कपुरलाई १६ रनमा जनिन्दर सिंहबाट क्याच आउट समेत गराएका थिए । सन्दीप लामिछानेले ४ ओभरमा मात्रै २२ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फोर्डले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए ।

उता दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टिएल टाइगर्सले भ्यानकुभर नाइट्सलाई ६विकेटले हराएको छ । दीपेन्द्रले २२ बलमा २ चौकासहित २२ रन बनाउनुको साथै खेलमा १ विकेट लिए ।

ग्लोबल टी २० क्रिकेट प्रतियोगिता क्यानडाको ओन्टारियो प्रान्तको ब्राम्टन शहरमा भैरहेकोे छ । खेलमा ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

Share Now

Leave a comment.