
काठमाडौं, ३ बैशाख । सरकारले आजबाट शुरू गरेको विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदै नेपाली कांग्रेसका युवा नेता गगन थापाले बुढानिलकण्ठ नगरपालिका, चुनिखेलको जनउद्दार विद्यालयमा कक्षा १ मा रशिका श्रेष्ठलाई भर्ना गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् काठमाडौं क्षेत्र नं ४ वाट निर्वाचित सांसद रहेका थापाले आफ्नो फेसबुक स्टाटसमा लेखेको छन, अब कक्षा १२ सम्मको उनको अध्ययन, पाठ्यपुस्तक, पोशाक लगायतको सम्पुर्ण जिम्मेवारी मेरो हुनेछ।
उनले भनेका छन, पढ्न नपाएका थुप्रै भाइवहिनीहरू हाम्रो वरिपरि नै छन् । हाम्रो सानो सहयोगले तिनले पढ्न पाउनेछन।यही बिद्यालयमा पनि यस्तो आवस्यकता भएका अन्य धेरै विद्यार्थीहरु छन् ।आउनुहोस् अभियानमा सहभागी बनौं ।
नयाँ बर्षको पहिलो दिन शताब्दी पुरुष साहित्यकार सत्यमोहन जोशीको अगुवाईमा म बन्छु जिम्मेवारस्कर्तब्य संगै अधिकार भन्ने नयाँ अभियान प्रारम्भ गरेका कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री थापाले निरक्षरता उन्मूलन गर्ने एवम् नयाँ पिंढीलाई साक्षर र शिक्षित बनाउने जिम्मेवारी वोध गर्दै रशिकाको अध्ययनको अभिभावकत्व ग्रहण गरेका हुन् ।