काठमाडौं, १२ साउन । हङकङबाट आएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा खटिएका करिब २० जना कर्मचारीहरु तानिने भएका छन् ।
गत साउन ४ गते भन्सार विभागले निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा गठन गरेको ६ सदस्यीय आन्तरिक छानबिन समितिले तयार पारेको प्रतिवदेनको मस्यौदामा उक्त कम्पनीको सामान पास गराउन ४ सिफ्टका फरकफरक कर्मचारी प्रयोग भएका छन्। जसमा हस्ताक्षर गर्ने नै १५ जना कर्मचारी छन्। थप ५ जना कर्मचारी संलग्न भएको हुनसक्छ,’ प्रतिवेदनमा उल्लेख छ।
‘प्रतिवेदन बनाउन ४ गते समिति बनाइएको थियो। त्यसको मिति बुधबारसम्म थियो।
विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार समितिले खाका तयार पारिसकेको छ। त्यसमा थप गहिराइमा जान भन्दै ५ दिन थप समय दिइएको छ, ।
प्रतिवेदनमा सुन पास हुनुमा प्राविधिक नभई मानवीय कमजोरी नै जिम्मेवार भएको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘एक्सरे मेसिनको गल्ती छैन। सुन पास भएको छ। त्यसमा कर्मचारीहरुको जाँच नै कमजोर भएको छ।’
काठमाडौंमा दर्ता रहेको रेडी ट्रेड प्रालिको प्रज्ञापन पत्रमा ल्याइएको मोटरसाइकलको ब्रेक सुमा सुन ल्याएको थियो।
प्रतिवेदनमा भनिएको छ, ‘प्रज्ञापन पत्र एजेन्ट यादव पराजुलीको भन्सार एजेन्ट नम्बर ७८२ बाट भरिएको छ। आयातकर्ता रेडी ट्रेड प्रालि उल्लेख छ। निकासीकर्ता जैनमेन एन्टोङ ट्रान्सपोर्टेसन सर्भिस प्रालि हङकङ देखिएको छ।’
जुलाई १३ मा चलान भएको उक्त सामान भन्सार गोदाममा असार ३० गते आएको देखिएको छ।
प्रतिवेदनमा लेखिएको छ, ‘३६ काटन ब्रेक सु आयात भएकोमा असार १० गते ८ कार्टन जाँच पास भएको र बाँकी गोदममै थियो।’
उक्त कम्पनीको समान पास गराउन भन्सारका करिब २० जना कर्मचारी संलग्न भएको देखिएको छ।
‘राजस्व अनुसन्धान विभागले प्रत्यक्ष संलग्न हुने सबै कर्मचारीहरु पहिलो घेरामा रहेको बताएको छ। जसअनुसार ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरिसकेको छ।








