Prakash Adhikari July 31, 2023

काठमाडौं, १५ श्रावण । निर्माण व्यवसायीहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका छन्।

आर्थिक वर्ष ०७९ । ०८० मा सम्पन्न भएका परियोजनाहरूको भुक्तानी अहिलेसम्म नपाएको विरोधमा निर्माण व्यवसायी आन्दोलित भएका हुन्।

आर्थिक वर्ष सकिएको तर भुक्तानी हुनुपर्ने रकम अहिलेसम्म नपाएको उनीहरूको गुनासो छ।

उनीहरूले प्रधानमन्त्री निवास अगाडी सेफ्टी हेल्मेट लगाएर विभिन्न माग उल्लेख गरिएका प्लाकार्ड बोकेर एक घन्टा धर्ना दिएका हुन्।

‘लामो समयदेखिको बाँकी बिलको रकम तुरून्त भुक्तानी गर्’, ‘माइलस्टोनको व्यवस्था तुरून्त खारेज गर’, ‘निर्माण कार्यको म्याद थप गर’, ‘मूल्य समायोजन तुरून्त कार्यान्वयन गर’, ‘व्यवसायीले आत्मदाहा गर्ने क्रम बन्द गराउ’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्’ लगायत उल्लेख गरिएको छ।

उनीहरूले यसअघि असार २९ गते माइतीघर मण्डलमा धर्ना दिएका थिए।

 

Share Now

Leave a comment.