कोशी प्रदेशका सभामुख गौतमले राजीनामा दिँदै ; गठबन्धनले उद्धव थापाको नेतृत्वमा बहुमतको दावी पेश गर्ने
विराटनगर(मोरड.), १६ श्रावण । कोशी प्रदेशमा सभामुखको राजीनामा गराएर पुनः गठबन्धनले नयाँ सरकारका लागि दाबी पेस गर्ने भएको छ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै छ।
त्यसअघि कोशीका सभामुख बाबुराम गौतमले राजीनामा दिने नेकपा माओवादीका केन्द्रका सांसद दुर्गा चापागाईंले जानकारी दिनुभएको छ।
त्यसपछि समयसीमा अघि नै मुख्यमन्त्री पदका लागि गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको छ।
गठबन्धनले नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दावी पेश गर्ने भएको छ ।


















