काठमाडौं, १६ श्रावण । नेपाल आयल निगमले ग्यासको मूल्य घटाएको छ भने पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पेट्रोलमा रु नौ तथा डिजेल र मट्टितेलमा रु सात बढाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १७०।-, दोस्रो वर्गमा रु १७२।- र तेस्रो वर्गमा रु १७३।- पुगेको छ ।
त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु १५०।-, दोस्रोमा रु १५२।- र तेस्रो वर्गमा रु १५३।- कायम भएको छ ।
एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर रु १ हजार ६ सय ६० मा झरेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर रु १३०।- ले घटाएको छ ।


















